ईश्वरपुर ४ मा स्कुटर दुर्घटना हुँदा आमाकाे मृत्यु छाेरा गंभिर घाइते

372 Shares

सर्लाहीको ईश्वरपुर नगरपालिका ४ स्थित सागरनाथमा बिहीबार(आज) स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

बिहीबार(आज) बिहान करिब १०ः३० बजे भएको दुर्घटनामा सागरनाथकै अन्दाजी ४० वर्षीया देवीमाया थापा मगरको बा ५४ प ६३०७ नम्बरको स्कुटर दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा मृतक देविमायाका छोरा अन्दाजी वर्ष ११ का श्रवण थापा मगर गम्भीर घाइते भएका छन् । घाइते बालकलाई मोडेल अस्पताल लालबन्दीमा सामान्य उपचारपश्चात् थप उपचारका लागि काठमाडौँ पठाईएकाे प्रहरीले जनाएको छ,भने शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाईएकाे प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार