Close This

इश्वरपुर ५ का घाइते दमाईलाई नगर प्रमुख आचार्यको आर्थिक सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-१५ गते   १८७० पटक हेरिएको

इश्वरपुर ५ का घाइते दमाईको स्वासथ्य अवस्था बुझ्दै नगर प्रमुख आचार्य

सर्लाहीको ईश्वरपुर नगरपालिका ५ मा आफ्नै घरबाट लडेर एकजना घाइते भएका छन् । इश्वरपुर नगरपालिका ५ का साने दमाई आफ्नै घरबाट लडि घाइते हुँदा दाहिने खुट्टाको कम्मर भन्दा मुनिको भाग नचल्ने भएको छ । 
आफ्नै घरबाट लडि दाहिने खुट्टाको कम्मर भन्दा मुनिको भाग नचल्ने भएपछि शल्यक्रिया गर्न समस्या परेको थाहा पाएपछि इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले आर्थिक सहयोग गर्नुभएको छ । नगर प्रमुख आचार्यले घाइते दमाईलाई बर्दिवासमा रहेको जनसेवा हस्पिटलमा पुगि उपचार खर्चको समस्या रहेको उनको परिवारलाई आर्थिक सहयोग गर्नुभएको छ ।
विरामी दमाईको केही दिन बयलबासमा रहेको स्थानीय अस्पतालमा उपचार गराई अवस्थामा सुधार नभएपछि छोरा चेत बहादुर दमाईले आफ्नो बुवालाई लिएर बर्दिवास जनसेवा हस्पिटलमा उपचार गराउन पुगेका थिए । दमाईलाई अस्पताल लादाँ पनि घर परिवारको आर्थिक अवस्था निकै दयनीय रहेको हुँदा बिरामीको अप्रेसन गर्न नसकिएको भनी नगर प्रमुख आचार्यलाई दमाईका छोराले गुनासो गरेका थिए ।
बिरामीको अवस्था जानकारी हुने बितिकै नगर प्रमुख आचार्य अस्पताल पुगि बिरामीको अवस्था बुझी आर्थीक कारणले रोकिएको अप्रेसन सुरु गराउन आर्थिक सहयोग गर्नुका साथै बिरामीलाई चाडै निको हुन हिम्मत दिनुभएको छ । नगर प्रमुख आचार्यको यो कार्य देखेर ईश्वरपुरका स्थानियहरु नगर प्रमुख आचार्यको चौतर्फी प्रशंसामा  जुटेका छन् ।
नगर प्रमुख आचार्य जनप्रतिनिधि हुनु भन्दा पहिला पनि कोरोना पीडित,अस्पताल,गरीब, असहाय तथा विपन्न नागरिकहरुलाई विभिन्न किसिमको सहयोग गर्दै आउनु भएको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech