पर्साकाे जिराभावानी गाउँपालिका २ सेडुवा बजारबाट करिब १३ क्युफिट सालकाे काठ बरामद् भएको छ ।
सव डिभिजन वन कार्यालय बसन्तपुरबाट खटिएको वन गस्ति टाेलीले जिराभावानी गाउँपालिका २ सेडुवा बजारमा लुकाई छिपाई राखेकाे अवस्थामा १२ दशमलव आठ सय १२ क्युफिट सालकाे काठ बरामद् गरेको सव डिभिजन वन कार्यालय बसन्तपुरका रेन्जर विजय यादवले जानकारी दिए ।
उनका अनुसार वनबाट लुकी चाेरी काटी ल्याई लुकाई छिपाई काठ राखेकाे भन्ने सुचनाकाे आधारमा पुगेकाे वन गस्ति टाेलीले बाँसकाे झ्याङमा परालले छाेपेर राखेका साथै पाेखरीकाे छाेउरामा परालले छाेपेर लुकाएर राखेकाे अवस्थामा १२ दशमलव आठ सय १२ क्युफिट सालकाे काठ बरामद् गरेको हाे ।
डिभिजन वन कार्यालय पर्सामा डिभिजन वन अधिकृत मन्जुर अहमद् प्रमुख भएर गएदेखि पर्साका काठ तस्करहरुकाे निदहराम भएको छ भने काम चाेर वन कर्माचारीहरुकाे सात्ताे गएकाे छ ।