हरिवन ७ बाट लागू औषध सहित एक जना हरिवन प्रहरीको नियन्त्रणमा

25 Shares

सर्लाहीकाे हरिवन नगरपालिका ७ स्थित साईफन चोक भित्रि सडक खण्डबाट लागू औषध सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हरिवन नगरपालिका ७ स्थित साईफन चाेककाे भित्री सडक खण्डमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बिआर ०५ एल ८३०८ नम्बरकाे भारतिय मोटरसाईकललाई शंका लागी चेकजाँच गर्ने क्रममा वाईनरेक्स १ सय १९ बाेतल सहित भारतकाे सितामढी ग्राम मैबीका अन्दाजी वर्ष २५ का राहुल तिवारीलाई ईलाका प्रहरी कार्यालय हरिवनकाे टाेलीले नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार लागू औषध सहित नियन्त्रणमा लिएका तिवारी र माेटरसाइकललाई ईलाका प्रहरी कार्यालय हरिवनकाे नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान सुरु भएको छ ।

सम्बन्धित समाचार