Close This

सर्लाहीमा सवारी दुर्घटनामा २ जना घाईते 

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-११-२३ गते   ४०२ पटक हेरिएको

सर्लाहीको बरहथवा र हरिवनमा सुक्रवार राती भएका सवारी दुर्घटनामा परी दुई जना गम्भीर घाईते भएका छन् ।
बरहथवा नगरपालिका–१३, भित्री सडकमा अनटेष्ट मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालक विष्णु गाउँपालिका–४, का २४ वर्षीय सिकिन्द्र राय यादव घाईते भएका हुन् । यादवको बरहथवा स्थित बरहथवा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै हरिवन नगरपालिका–१०, मा ताईवानबाट सुखेपोखरीतर्फ आइरहेको प्रदेश २ ना १ ज २८६१ नम्वरको मोटरसाइकलको ठक्करबाट एक वृद्ध घाईते भएका छन् । दुर्घटनामा घाईते सोही ठाउँका ७२ वर्षीय कृष्णप्रसाद सिग्देललाई नमूना अस्पताल हरिवनमा सामान्य उपचार गरी भरतपुरतर्फ रेफर गरिएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख तथा प्रहरी निरिक्षक राजेन्द्र प्रसाद उपाध्यायले जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech