वन अतिक्रमण गरि लगाइएको करिब छ बिघाको लागु औषध गाँजा फँडानी गरि नष्ट

287 Shares

पर्साका विभिन्न स्थानमा लगाईएको लागु औषध गाँजा फँडानी गरिएको छ ।डिभिजन वन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्साको संयुत्त टोलीले जिल्लाका विभिन्न स्थानहरुमा वन अतिक्रमण लगाईएको करिब छ बिघा क्षेत्रफलको लागु औषध गाँजा खेती फँडानी गरि नष्ट गरिएको डिभिजन वन कार्यालय वीरगन्ज,पर्साका प्रमुख एवम डिभिजन वन अधिकृत मन्जुर अहमद्ले जानकारी दिए ।
उनका अनुसार जिल्लाको सँखुवा पर्सौनी गाउँपालिका १ स्थित नयाँबस्ति टोलमा डिभिजन वन कार्यालय पर्साले केही वर्ष अघि तारबार गरी संरक्षण गरेर बृक्षारोपण गरिएको करिब ९० बिघा क्षेत्रफलको वनको जग्गा मध्य स्थानियले लगाएको करिब छ बिघा लागु औषध गाँजा फँडानी गरी नष्ट गरिएको हो ।
वन क्षेत्र अतिक्रमण गरी तोरी खेतिसँगै लागु औषध गाँजा समेत लगाएका विशेष सूचनाको आधारमा पुगेको डिभिजन वन कार्यालय पर्सा र जिल्ला प्रहरीकार्यालय पर्साको टोलीले ओसार पसार,कारोबार र सेवन ऐनद्वारा नै प्रतिबन्धित लगाएको लागुऔषध गाँजा खेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एवम प्रहरी नायव उपरिक्षक कुमुद ढुंगेलले बताए ।उनका अनुसार गाँजा खेति नष्ट गर्न तीन वटा ट्याक्टरको प्रयोग गरेर गाँजा खेती गरिएको वन अतिक्रमित क्षेत्रलाई जोतेर पूर्ण रुपमा खाली गराइएको हो ।
लागु औषध गाँजाको खेती नेपाल सरकारले प्रतिबन्ध गरेको अवैध कारोबार हो।तर सरकारले प्रतिबन्ध लगाएको लागु औषध गाँजा खेती अहिले पनि देशका विभिन्न जिल्लामा धेरथोर हुँदै आएको छ ।विशेष गरी मधेश प्रदेशका चुरे क्षेत्रका साथै अन्य प्रदेशका विभिन्न क्षेत्रमा लागुऔषध गाँजा खेती हुने गरेको छ ।छिमेकी देश भारतसँग खुल्ला सिमा जोडिएका मधेश प्रदेशका साथै अन्य प्रदेशका जिल्लाहरुका विभिन्न नाकाहरुबाट प्रहरीले दैनिक रुपमा ठूलो परिमाणमा लागु औषध गाँजा नियनत्रणमा लिने रनष्ट गर्ने गरेको भएपनि यसको खेती नरोकिएको जानकारहरु बताउँछन् ।उनीहरुका अनुसार थोरै क्षेत्रमा राम्रो उत्पादन हुने र राम्रो अर्थाेपार्जनको आशमा लागु औषध गाँजा खेती हुने गरेको छ ।

सम्बन्धित समाचार