आर्थिक वर्ष २०८१/०८२ मा भुमी सुधार तथा मालपोत कार्यालय हरिवन सर्लाहीले विभिन्न शिर्षकबाट रु २४ करोड भन्दा बढी राजश्व संकलन गरेको छ।रजिस्टूेशन शुल्क रु १५ करोड ५८ लाख ५७ हजार तीन सय ३८,पूजिगत लाभकर आठ करोड १९ लाख ४५ हजार छ सय २० रुपैयाँ ५० पैसा र अन्य राजश्व( नामसारी, रोक्का, दा.खा.)रु ३० लाख ८४ हजार पाँच सय ९० गरि कुल रु २४ करोड आठ लाख ८७ हजार पाँच सय ४८ रुपैयाँ ५० पैसा राजश्व संकलन भएको मालपोत कार्यालय हरिवन सर्लाहीका प्रमुख राजेश प्रसाद पोखरेलले जानकारी दिए ।
उनका अनुसार रजिस्ट्रेशन शुल्कको रकमबाट ४० प्रतिशत रकम प्रदेश र ६० प्रतिशत रकम स्थानिय तहमा जाने प्रावधान अनुसार रु एक करोड ७९ लाख छ सय १९ मधेस प्रदेश मुख्य मन्त्री कोषमा जम्मा भएको छ।सेवा शुल्क बापतको रकम शत प्रतिशत प्रदेश सरकारमा जाने गर्छ र पुजीगत लाभकरको रकम केन्द्र सरकारमा जाने मालपोत कार्यालय हरिवन सर्लाहीका सूचना अधिकारी प्रकाश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा रु २२ करोड ३७ लाख ८८ हजार चार सय ५८ राजश्व संकलन भएको थियो। आर्थिक वर्ष २०८१/०८२ मा आर्थिक वर्ष २०८०/०८१ मा भन्दा सात दशमलव ६४ प्रतिशत बढी राजश्व संकलन भएको हो ।आर्थिक वर्ष २०८०/०८१ मा मा रजिस्ट्रेशन दस्तुर रु १५ करोड २६ लाख ८३ हजार एक सय ६०,लाभकर रु छ करोड ७५ लाख ८८ हजार नौ सय ६७ र अन्य राजश्व रु ३५ लाख १६ हजार तीन सय ३१ गरि कुल रु २२ करोड ३७ लाख ८८ हजार चार सय ५८ राजश्व संकलन भएको थियो।
२०८१/०८२ मा आर्थिक वर्ष २०८०/०८१ मा भन्दा रजिस्ट्रेशन दस्तुर दुई दशमलव शुन्य सात प्रतिशत,लाभकर २१ दशमलव २४ प्रतिशत,अन्य राजश्व १२ दशमलव २७ प्रतिशत गरि जम्मा राजश्वमा सात दशमलव ६४ प्रतिशत वृद्धि भएको कार्यालयले जनाएको छ ।ईश्वरपुरका केही वडा,हरिपुरका केही वडा सहित लालबन्दी,हरिवन र बागमती नगरपालिका सेवा क्षेत्र रहेको मालपोत कार्यालय हरिवन सर्लाहीको लालबन्दी र बागमती बाहेकका स्थानीय तहहरुले जग्गाको वर्गीकरण नगरेका भए पनि राजश्व संकलन वृद्धि गरेको हो ।
११ वटा नगरपालिका र नौ वटा गाउँपालिका गरी देशभरी कै सबै भन्दा धेरै २० वटा स्थानीय तह रहेको सर्लाहीमा हरिवन सहित बरहथवामा र मलंगवामा गरी तीनवटा मालपोत कार्यालयहरु रहेका छन् । जिल्लाका धेरै स्थानीय तहहरुले भू वर्गिकरण गर्न बाँकी राखेका कारण पनि मालपोत राजश्वमा केही प्रभाव परेको स्थानीय जानकारहरु बताउँछन् ।