जिल्ला प्रशासन कार्यालय सिन्धुलीले “ड्रेस–कोड” लागु गरेको छ ।जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा सेवा लिन आउने सेवाग्राहीहरु हाफपाइन्ट र गन्जी लगाएर आउने गरेका कारण सरकारी कार्यालयमा सेवा लिन आउँदा अनिर्वाय “ड्रेस–कोड” लागु गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रविण कटवालले जानकारी दिए ।उनका अनुसार सरकारी कार्यालयमा सेवा लिन आउँदा कमसेकम फर्मल ड्रेसमा आउन अनुरोध गर्न “ड्रेस–कोड” लागु गरिएको हो ।
२०८२ जेठ ३० गते जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आधिकारिक सूचना जारी गर्दै “हाफपाइन्ट,गन्जी, चप्पल”जस्ता “अनुपयुक्त पोशाक”लगाएर आउनेलाई सेवा नदिने घोषणा गरेको थियो।सरकारी कार्यालयको गरिमा कायम राख्न र शिष्टाचारपूर्ण वातावरण बनाउन यस्तो निर्णय लिन बाध्य भएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालले बताए ।
उनका अनुसार कार्यालयमा जो कोही आए पनि कम्तीमा सभ्य पोशाक अनिवार्य हुनुपर्छ भन्ने सोचबाट ड्रेस–कोड लागू गरिएको हो।”तर,ग्रामीण भेगका नागरिकलाई केही समय केही समस्या हुन सक्ने भएपनि “अनुपयुक्त पोशाक”लगाउने संस्कारको विका क्रमैसंग हुने छ ।
यता,बर्खायाममा हिलो बाटो,खोला–नाला तर्दै सदरमुकाम आउनुपर्ने बाध्यतामा हलुका कपडा, प्रायःहाफपाइन्ट मै आउन सहज हुने भएपनि जिल्ला प्रशासन कार्यालय सिन्धुलीको यस प्रकारको नीयमले आफुहरुलाई मार परेको सिन्धुलीका ग्रामिण बासिन्दाहरुको गुनासो छ ।