इश्वरपुरका विभिन्न ३ वडामा १३ वटा डिप बोरिङ गाडियो

75 Shares

सर्लाहीको ईश्वरपुर नगरपालिकामा १३ वटा डिप बोरिङ गाडेर कृषक समूहलाई हस्तान्तरण गरिएकोे छ। बागमती सेवा समाज नेपाल हरिवनले उत्थानशील समुदायको निर्माण परियोजना अन्तर्गत ईश्वरपुर नगरपालिका १,३ र ९ मा १३ वडा डिप बोरिङ गाडि कृषक समुहलाई हस्तान्तरण गरिएको उत्थानशील समुदायको निर्माण परियोजनाका संयोजक रजनिस कुमार सिंहले जानकारी दिए ।उनका अनुसार ईश्वरपुर नगरपालिका ३ स्थित तिनघरिया गाउँमा एक कार्यक्रमको आयोजना गरी जनप्रतिनिधिहरुको उपस्थितिमा कृषक समूहलाई डिप बोरिङ हस्तान्तरण गरिएको हो ।
ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोजकुमार आचार्य,ईश्वरपुर नगरपालिका १का वडा अध्यक्ष धर्मेन्द्र राय यादव,इश्वरपुर नगरपालिका ३ का वडा अध्यक्ष विश्वनाथ साह मलाह र इश्वरपुर नगरपालिका ९ का वडा अध्यक्ष नन्दलाल चौधरीको उपस्थितिमा कृषक समूहलाई डिप बोरिङ हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।एउटा डिप बोरिङ रु ९२ हजारको रहेको र एउटा डिप बोरिङबाट करिव चार बिघा जग्गामा सिँचाई सुविधा पुग्ने परियोजनाका संयोजक सिंहले जानकारी दिए।डिप बोरिङबाट सिँचाई सुविधा पाएपछि तरकारी खेती तथा अन्य बालीनालीका लागि पानी पटाउन सहज भएको स्थानीय कृषकहरुले बताएका छन् ।उत्थानशील समुदायको निर्माण परियोजना अन्तर्गत जीविकोपार्जन,विपद् व्यवस्थापन र खानेपानीको क्षेत्रमा काम गरिरहेको बागमती सेवा समाजले मधेश प्रदेशका आठ सहित प्रदेश १ का पाँच जिल्लामा स्वास्थ्य र जीविकोपार्जनका क्षेत्रमा काम गरि रहेको छ ।

सम्बन्धित समाचार