स्व. बम्जनकाे श्रद्धाञ्जली सभा सम्पन्न

3.1k Shares

नेकपा(माओवादी केन्द्र) काे भातृसंगठन याेङ्ग कम्युनिस्ट लिग नेपाल सर्लाही( वाईसियल सर्लाही )ले आफ्ना सदस्यकाे श्रद्धाञ्जली सभा गरेकाे  छ । माघ ८ गते सर्लाहीको बागमती पुलमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका माआवादी केन्द्र निकट वाइसीएल सर्लाहीका सदस्य सुनिल बम्जनप्रति श्रद्धान्जली व्यक्त गर्दै बिहिबार श्रद्दाञ्जली सभा गरेको हाे । हरिवन नगरपालिका ५, घुर्कौलीकाे स्व. बम्जनकै निवासमा  वाइसीएल सर्लाहीको आयोजनामा श्रद्दाञ्जली सभा गरिएको हो । सो सभामा माओवादी केन्द्रका केन्द्रीय सदस्य माया वल,सर्लाहीका संयोजक कमल बुढाथोकी, पार्टीको हरिवन नगर कमिटी अध्यक्ष अर्जुन पन्त, बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा लगायतका नेता कार्यकर्ताहरुकाे सहभागीता रहेकाे माओवादी केन्द्र हरिवन नगर कमिटि सह सचिव विवेक मैनालीले जानकारी दिनु भयाे । स्व. बम्जनको माघ ८ गते साँझ रौतहटबाट  सर्लाही मोटरसाइकलमा आउँदै गर्दा बागमती पुलको बीचमा सवारी दुर्घटना भइ घटनास्थल मै ज्यान गएकाे थियाे  ।

सम्बन्धित समाचार