सर्लाहीको बरहथवा नगरपालिका ४ मा आधारभुत स्वास्थ केन्द्रको उदघाटन गरिएको छ । संघियता पछि स्थानिय सरकारआए पछि नागरिकका प्रत्यक्ष सरोकारका विषयमा स्थानिय सरकारको ध्यान केन्द्रीत भइ रहेको समयमा वरथवा नगरपालिकाले आफ्ना नगरबासीहरुलाई सहज तरिकाबाट स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ नगरपालिकाले आधारभुत स्वास्थ केन्द्रको उद्घाटन गरेको हो ।

वडा नम्बर ४ का वडा अध्यक्ष लखिन्द्र महतो अध्यक्षता तथा बरथवा नगरपालिकाका नगर प्रमुख देबानन्द महतोको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको त्यहााबाट निकेश त्रिपाठीले जानकारी दिनु भयो ।
आधारभुत स्वास्थ केन्द्रको उदघाटन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर भुजेल, नगर स्वास्थ शाखा प्रमुख लगायत विभिन्न वडाका वडा अध्यक्ष लागयत जनप्रतिनिधिहरुका साथै स्थानियबासीको उल्लेख्य उपस्थिति रहेको थियो ।