Close This

चिकित्सक लिएर वडाध्यक्ष भण्डारी जनताको घरघरमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-४ गते   २४७ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका ५ का वडा अध्यक्ष चिकित्सकको टोली लिएर नागरीकको घरघरमा पुग्नु भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण समुदाय स्तरमै फैलिन थालेपछि वडा अध्यक्ष मोहन भण्डारी चिकित्सकको टोली लिएर गाउँ पुग्नु भएको हो  ।
गाउँभरि नै भाइरल ज्वरो, रुघाखोकीका बिरामी अत्यधिक भएपछि वडा अध्यक्ष भण्डारी स्वास्थ्यकर्मी लिएर जनताको घरदैलोमै पुग्नु भएको हो । कोरोना संक्रमणको दोस्रो लहरसँगै फैलिएको भाइरल ज्वरोले गाउँ नै आक्रान्त बनेपछि स्वास्थ्य परामर्श  र चेकजाँचका लागि नागरिकको घरदैलोमा पुगेको लालबन्दी नगरपालिका  ५ का वडाध्यक्ष भण्डारीले जानकारी दिनु भयो ।
स्वास्थ्यकर्मीहरूको टोलीसहित जनताको घरदैलोमा पुगेर आफूहरूले स्वास्थ्य परीक्षण गर्ने, उपलब्ध औषधी निःशुल्क वितरण गर्ने र वडाबासीलाई आफ्नो स्वास्थ्यको ख्याल राख्न सचेत गराउने गरिएको अध्यक्ष भण्डारीले बताउनु भयो ।
उक्त वडामा पछिल्लो केही दिनयता मात्र चार–पाँचजनाको ज्यान गएको छ । ‘कोरोना परीक्षण नगरिएका उनीहरूमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका कारण गाउँमा कोरोना फैलिको आशंकामा स्थानीय त्रसित भएका थिए,’ वडाध्यक्ष भण्डारीले बताउनु भयो । ‘आत्तिने, डराउने गरेका वडाबासीहरूलाई स्वास्थ्य परामर्शको माध्यमबाट नआत्तिन, तर सचेत हुन आग्रह गर्न नागरिकको घरघरमा आफुहरूको निस्केको हौँ ।’ वडाध्यक्ष भण्डारीले बताउनु भयो । बिहीबार सम्म जारी अभियानमा स्वास्थ्यकर्मीहरुको टोलीसंगै हुने छन् । 
वडा कार्यालयको आयोनामा सुरु भएको अभियानअन्तर्गत स्वास्थ्यकर्मीको टोलीले मंगलबार पहिलो दिन १ सय ५० जनाको घरघरमा पुगेर स्वासथ्य परिक्षण गर्नुको साथै कोरोना भाईरसबाट बच्नेउपाउका बारेमा जानकारी गराएको थियो । त्यसमध्ये २६ जना उच्च ज्वरोका कारण टाइफाइट भएर औषधी सेवन गरिरहेका बिरामी फेला परेका छन् । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech