१ वर्षमा हरिपुरको २७ लाख बढी इन्धनमा खर्च

385 Shares

सर्लाहीको हरिपुर नगरपालिकाले एक आर्थिक वर्षमा मात्रै २७ लाख भन्दा बढीको इन्धन खर्च गरेको छ।हरिपुर नगरपालिकाले आर्थिक वर्ष २०८०।०८१ मा मात्रै २७ लाख ५९ हजार नौ सय ५७ रुपैँया ७२ पैसा इन्धनमा खर्च गरेको हरिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय पौडेलले जानकारी दिए ।
उनका अनुसार हरिपुर नगरपालिकाले कुनै पनि सवारी साधनहरु भाडामा प्रयोग नगरेको र अतिथि सत्कारमा कुनै रकम खर्च गरेको छैन्।नगरपालिकाले आर्थिक वर्ष २०८०।०८१ मा चार लाख ८८ हजार चार सय ८७ रुपैँया २८ पैसा खाजामा खर्च गरेको छ भने नगरपालिकामा रहेको सरकारी सवारी साधनहरुको मर्मत सम्भारमा नौ लाख दुई हजार १४ रुपैँया ३० पैसा खर्च गरेको हरिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।
त्यसैगरी हरिपुर नगरपालिकाले आर्थिक वर्ष २०८०।०८१ मा १३ लाख ३५ हजार तीन सय ४३ रुपैँया ९० पैसा विभिन्न किसिमका छपाई तथा सूचनाहरु प्रकाशनमा खर्च भएको नगरपालिकाले जनाएको छ ।नगरपालिकाले कार्यादेश दिएका तथा औचित्यहिन सूचनाहरु प्रकाशन वापत जिल्लाका र बाहिरिका विभिन्न मिडियाहरुलाई गरी कुल १३ लाख ३५ हजार तीन सय ४३ रुपैँया ९० पैसा भुक्तानी दिएको नगरपालिकाले जनाएको छ ।विकास निर्माणका काम गर्न आनाकानी गर्ने जनप्रतिनिधिहरु केही अमुक व्यक्तिहरुलाई खुसी बनाउने काममा लागेर सार्वजनिक खरिद नियमावली २०६४ लाई वेवास्था गर्ने गरेका पाइएको हो ।
के छ सार्वजनिक खरिद नियमावलीमा ?
“सार्वजनिक खरिद नियमावली २०६४ को नियम १८ को उप नियम (१) मा ऐन वा सो नियमावली बमोजिम सार्वजनिक निकायले विभिन्न खरिद सम्बन्धी सूचनाको अभिलेख राख्ने प्रयोजनको लागि खरिदको प्रकृति अनुसार आपूर्तिकर्ता,निर्माण व्यवसायी,परामर्शदाता वा सेवा प्रदायकको छुट्टा छुट्टै मौजुदा सूची(स्टान्डिङ लिष्ट) तयार गर्नु पर्नेछ।त्यसरी सूची तयार गर्दा नियम ९९ को प्रयोजनको लागि गैर सरकारी संस्थाको समेत सूची तयार गर्नु पर्नेछ।सार्वजनिक निकायले ऐनको दफा १० को उपदफा (२) मा उल्लेख भएका योग्यताका आधार बमोजिम मौजुदा सूचीमा समावेश हुनको लागि आवश्यक पर्ने योग्यता निर्धारण गर्नु पर्नेछ ।मौजुदा सूची तयार गर्नको लागि सम्बन्धित सार्वजनिक निकायले कम्तीमा पन्ध्र दिनको म्याद दिई प्रत्येक वर्ष सूचना आप्mनो कार्यालय,सम्बन्धित जिल्ला प्रशासन कार्यालय,जिल्ला विकास समिति र कोष तथा लेखा नियन्त्रक कार्यालयको सूचना पाटीमा सूचना टाँस गरी वा राष्ट्रियस्तरको पत्रिकामा सूचना प्रकाशन गरी ईच्छुक व्यक्ति,फर्म,संस्था वा कम्पनीबाट निवेदन माग गर्न सक्ने कानुनी व्यावस्था रहेको”भएपनि जिल्लाका अधिकांश स्थानीय तहहरुले सो पालना नगरेको पाइएको छ ।
आपूर्तिकर्ता,निर्माण व्यवसायी वा सेवा प्रदायकको योग्यता,सूचीको वर्गीकरण, सूची अद्यावधिक गर्ने कार्यविधि र सूची मान्य रहने अवधिका साथै उपनियम (३) बमोजिमको योग्यता पूरा गर्ने व्यक्ति,फर्म,संस्था वा कम्पनीले मौजुदा सूचीमा समावेश हुन निर्धारित समयावधि भित्र आवश्यक कागजात सहित निवेदन दिन सक्ने प्रावधान रहेको छ।सार्वजनिक निकायले उपनियम (४) बमोजिम प्राप्त निवेदन उपर जाँचबुझ गर्दा निवेदकले उपनियम (२) बमोजिमको योग्यता पूरा गरेको देखिएमा त्यस्तो निवेदकलाई मौजुदा सूचीमा समावेश गर्नु पर्नेछ । सार्वजनिक निकायले मौजुदा सूचीमा समावेश भएका वा सो सूचीबाट हटाईएका आपूर्तिकर्ता,निर्माण व्यवसायी वा सेवा प्रदायकलाई सोको लिखित जानकारी यथाशिघ्र दिनु पर्ने प्रावधान रहेको भएपनि जिल्लाका अधिकांश स्थानीय निकायहरुले मौजुदा सूचीमा सुचिकृत नै नभएका त्यस्ता फर्म तथा संस्थाहरुसंग काम गरेका समेत पाइएको छ ।लाई सार्वजनिक निकायले प्रत्येक आर्थिक वर्षमा अद्यावधिक गर्नु पर्नेछ ।मौजुदा सूचीमा नरहेका बोल पत्रदाता वा प्रस्तावदातालाई सार्वजनिक निकायबाट आव्हान भएको सिलबन्दी दरभाउपत्र,बोलपत्र वा प्रस्तावमा भाग लिन बन्चित गर्न पाईने छैन ।
“सार्वजनिक खरिद नियमावली २०६४ को नियम १९ को १ मा सार्वजनिक निकायले कुनै खरिद गर्दा आन्तरिक राजश्व कार्यालयबाट स्थायी लेखा नम्बर र मूल्य अभिवृद्घि कर दर्ता प्रमाणपत्र प्राप्त गरेका व्यक्ति,फर्म,संस्था वा कम्पनीबाट मात्र खरिद गर्नु पर्नेछ।पाँच हजार भन्दा कम रकमको मालसामान खरिद गर्दा वा निर्माण कार्य गराउँदा,मूल्य अभिवृद्घि कर नलाग्ने मालसामान खरिद गर्दा, एक प्राकृतिक व्यक्तिबाट एक आर्थिक वर्षमा एक लाख रुपैयाँभन्दा कम रकमको परामर्श सेवा लिनु पर्दा,एक प्राकृतिक व्यक्तिबाट एक आर्थिक वर्षमा एक लाख भन्दा कम रकमको सेवा करारमा लिनु पर्दा,एक आर्थिक वर्षमा एक प्राकृतिक व्यक्ति वा फर्मबाट एक लाख भन्दा कम भाडा तिर्ने गरी सवारी साधन, उपकरण वा मालसामान भाडामा लिनु पर्दा,एक आर्थिक वर्षमा एक प्राकृतिक व्यक्ति वा फर्मबाट एक लाख भन्दा कम ज्याला तिर्ने गरी मालसामान मर्मत सम्भार गराउनु पर्दा,घर भाडामा लिनु पर्दा र उपभोक्ता समिति वा लाभग्राही समुदायलाई सहभागी गराई निर्माण कार्य गराउनु पर्दा कुनै पनि फर्म वा बिक्रेताले मूल्य अभिवृद्धि कर(भ्याट)मा काम गर्नुपर्ने प्रावधान रहेको छ ।”भनिएको भएपनि जिल्लाका अधिकांश स्थानीय तहहरुले सार्वजनिक खरिद नियमावली २०६४लाई लत्याउँदै आफुखुसी काम गरि रहेका समेत स्थानीय जानकारहरु बताउँछन् ।

सम्बन्धित समाचार