Close This

बरथवामा निषेधाज्ञा कडा पार्ने सर्वपक्षिय निर्णय, आफ्नै विज्ञाप्ती कांग्रेसलाई घाँडो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-२५ गते   २५६१ पटक हेरिएको

सर्लाहीको बरहथवामा सर्वपक्षिय बैठक बसेर सरकारले जारी गरेको निषेधाज्ञालाई कडा पार्ने निर्णय गरेको छ । कोरोना संक्रमित बढ्दै गएपछि बरहथवामा निषेधाज्ञालाई थप कडा बनाउने सर्वपक्षिय निर्णय भएको हो ।
स्थानीय प्रशासनले जारी गर्ने निषेधाज्ञा आदेश कानुन बमोजिम स्वतः कडा हुने र स्थानिय सुरक्षाकर्मीहरुले त्यसलाई थप प्रभावकारी रुपमा कडाई गरेको भएपनि केही व्यक्ति वा राजनीतिक दलबाट विरोध भएपछि सर्वपक्षिय बैठकले निषेआज्ञा थप कडा बनाउने निर्णय गरेको हो । पद र शक्तिको आडमा केही व्यक्तिले निषेधाज्ञा उल्लंघन गर्दा प्रहरीले त्यसो नगर्न आग्रह गरेको थियो । प्रहरीको उक्त कार्यको स्थानीयले स्वागत समेत गरेका छन् ।
बरहथवा बजार क्षेत्रमा भिडभाड हुन नदिन निषेआज्ञालाई थप कडाई गर्ने निर्णय सर्वपक्षिय भेलाले गरेको बरहथवा नगरपालिकाका नगरप्रमुख देवानन्द महतोले बताउनु भयो । निषेधाज्ञा आम जनताको हितको लागि लगाइएको र यसको पालना गराउने सुरक्षाकर्मीलाई सहयोग गर्नुपर्छ भन्दै सर्वपक्षिय बैठक राखिएको उहाँले बताउनु भयो ।
यसअघि नै सुरक्षाकर्मीले निषेधाज्ञाको पालना गराउन कडाई गर्दै आएको थियो । नगरप्रमुख महतोले सुरक्षाकर्मीको सक्रियताका कारण भिडभाड हुन नपाएर अवस्था थप बिग्रन नपाएको बताउनु भयो । सर्वपक्षिय बैठकमा राजनीतिक दल, व्यापारी,व्यावसायी,उद्योगी, सुरक्षा निकाय, जनप्रतिनिधि, समाजिक संस्थाका प्रतिनिधिलगायतको सहभागी रहेको थियो । बैठकमा अहिलेको अवस्थामा महामारीबाट जोगिन निषेधाज्ञाको पूर्ण पालना गर्नुपर्नेमा जोड दिनुपर्ने सबैपक्षबाट आवाज उठेको छ । 


ईलाका प्रहरी कार्यालय बरथवाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले निषेधाज्ञा जारी भएपछि भिडभाड नगर्न कडाइ गर्दा त्यसको विरोध बताउनुभयो ।भने नेपाली कांग्रेसले निषेआज्ञामा  भिडभाड गर्न पाउनु पर्ने भन्दै एक विज्ञप्ति जारी गरेको थियो । तर, लगत्तै बरहथवाका स्थानियबासीले महामारी नियन्त्रण गर्न प्रहरीले राम्रो काम गरेकोभन्दै यसलाई निरन्तरता दिन माग गरेका छन् ।
अहिले कांग्रेसलाई प्रहरीविरुद्ध निकालेको विज्ञप्ति नै घाँडो भएको छ । सर्वपक्षिय बैठकमा सहभागी कांग्रेस समर्थकले पनि निषेधाज्ञामा कडाइ गर्नुपर्ने र प्रहरीले कानुनअनुसार काम गर्दा बाधा दिन नहुने धारणा राखेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech