सर्लाहीको बागमती नगरपालिकाले ५९ औँ राष्ट्रिय बाल दिवसको अवसरमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता गरेको छ ।जिल्लाका विभिन्न स्थानहरुमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी ५९ औँ राष्ट्रिय बाल दिवस मनाईएकोमा बागमती नगरपालिकाले नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता गरेको हो । बागमती नगरपालिका ११, स्थित श्री ५ महेन्द्र जनता माध्यामिक विद्यालयको प्रांगणमा प्रतियोगिता सम्पन्न भएको बागमती नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।प्रतियोगिता अन्र्तगत नगरका ५ वटा माध्यामिक विद्यालयहरुले विज्ञान प्रदर्शनीमा भाग लिएका नगर शिक्षा शाखाका प्रमुख मिन प्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार नृत्य तर्फ सामुदायिक विद्यालय तर्फका ५ माध्यामिक र २ आधारभुत विद्यालय गरी ७ वटा र संस्थागत तर्फ २ माध्यामिक विद्यालयले सहभागिता जनाएका थिए ।
नृत्य प्रतियोगिता तर्फ बागमती नगरपालिका १ स्थित मिलनचोकमा रहेको जनता माध्यमिक विद्यालय प्रथम,बागमती नगरपालिका ५ स्थित सोलटीमा रहेको जनता माध्यमिक विद्यालय दोस्रो, नमुना ज्ञानोदय आवासिय माध्यामिक विद्यालय तेस्रो र बागमती नगरपालिका ११ स्थित रहेको श्री ५ महेन्द्र जनता माध्यामिक विद्यालय कर्मैया चौथो भएका नगर शिक्षा शाखाका ओम बहादुर कार्कीले जानकारी दिए ।उनका अनुसार प्रदर्शनी तर्फ ३ वटा विधामा प्रतिस्पर्धा भएकोमा सामुदायिक विद्यालय तर्फबाट ५ वटा माध्यामिक विद्यालयका छात्रछात्राले सहभागिता जनाएका थिए ।
जनता माध्यामिक विद्यालय कृषि प्रविधि तर्फ प्रथम,जनवाल कल्याण माध्यामिक विद्यालय द्धितिय र महेन्द्र जनता माध्यामिक विद्यालय कर्मैया तृतिय भएका श्री ५ महेन्द्र जनता माध्यामिक विद्यालय कर्मैयाका प्रधानाध्यापक नव किरण श्रेष्ठले जानकारी दिए ।उनका अनुसार जनता माध्यामिक विद्यालय सोल्टी नमुना ग्रामिण विकास तर्फ प्रथम, श्री ५ महेन्द्र जनता माध्यामिक विद्यालय कर्मैया द्धितिय र नव जनजागरण माध्यामिक विद्यालय शंकरपुर तृतिय भएका छन् ।
यस्तै जनता माध्यामिक विद्यालय सोल्टी रकेट प्रविधि तर्फ प्रथम,श्री ५ महेन्द्र जनता माध्यामिक विद्यालय कर्मैया द्धितिय र जनवाल कल्याण माध्यामिक विद्यालय धरहरा तृतिय भएका नगर शिक्षा शाखाले जनाएको छ ।नृत्य तथा प्रदर्शनी तर्फ विभिन्न विधामा प्रथम,द्धितिय र तृतिय भएका विद्यालयलाई कार्यक्रमकी प्रमुख अतिथि बागमती नगरपालिकाकी उप प्रमुख लिला कुमारी मोक्तानले पुरस्कार वितरण गरेकी हुन ।नगरका शिक्षा शाखा संयोजक राज कुमार विश्वकर्माको अध्यक्षता एवम नगर उप प्रमुख मोक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल शिक्षक महासंघ बागमती नगरका अध्यक्ष लोकनाथ दहाल,बागमती नगरपालिका १ का वडाध्यक्ष गम्भिर सिंह पाख्रिन,बागमती नगरपालिका २ का वडाध्यक्ष बाबु बल,बागमती नगरपालिका ११ का वडाध्यक्ष प्रदिप आचार्य,वृहत राष्ट्रिय शिक्षा अभियानका अभियान्ता अभिषेक घिमिरे लगायत नगरका विभिन्न विद्यालयहरुका विद्यालय व्यावस्थापन समिति,शिक्षक,शिक्षिकाहरु र विद्यार्थीहरुको विशेष उपस्थिति रहेको थियो ।