Close This

सर्लाहीमा निर्वाचन आचारसंहिता विपरि भारतीय सवारीको प्रयोग,आचासंहिता अनुगमन समिति मौन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-२३ गते   ११०८ पटक हेरिएको

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा सर्लाहीका उम्मेदवारहरुले निर्वाचन आचारसंहिता विपरित भारतिय नम्बर प्लेटका सवारी साधनहरुको अधिक प्रयोग गरेका छन् । जिल्लाका ४ प्रतिनिधिसभा र ८ प्रदेश सभाका अधिकांश उम्मेदवारहरुले निर्वाचन आचारसंहिता विपरित भारतिय नम्बर प्लेटका सवारी साधनहरुको अधिक प्रयोग गरेका हुन् ।
निर्वाचन आचारसंहिता २०७९ को दफा १३ को(ड) बमोजिम उम्मेदवारहरु एवम दलहरुले निर्वाचन प्रचार प्रसार गर्ने उद्धेश्यले कुनै किसिमको डिजिटल बोर्ड,फ्लेक्स बोर्ड वा ग्लूसाईन बोर्ड राख्न,श्रव्य सामाग्रीहरु बजाउन र दृश्य सामाग्रीहरु प्रदर्शन गर्न नहुने उल्लेख गरिएको भएपनि सर्लाहीमा त्यसको ठाडै उल्लंघन भएको पाइएको छ ।
जिल्लाका उम्मेदवारहरुले भारतिय नम्बर प्लेटका सवारी साधनहरुमा फ्लेक्स बोर्ड वा ग्लूसाईन बोर्ड राख्ने र श्रव्य सामाग्रीहरु बजाउने गर्नुका साथै बजारको सुन्दरतालाई कुरुप बनाउँने गरि जताततै यस प्रकार सामाग्रीहरु राख्ने गर्दा पनि निर्वाचन आचारसंहिता अनुगमन समिति मौन देखिएको छ ।
जिल्लाका उम्मेदवारहरुले आफु मात्र नभई आफ्ना आसेपासे लाईपनि फ्लेक्स बोर्ड वा ग्लूसाईन बोर्ड राखेर तथा श्रव्य सामाग्रीहरु बजाउन भारतिय नम्बर प्लेटका सवारी साधनहरुको प्रयोग गरेको विषयमा निर्वाचन आचारसंहिता अनुगमन समितिलाई प्रश्न गर्दा समिति विभिन्न बाहना बनाएर पन्छिने गरेको छ ।
सर्लाहीमा निर्वाचन आचारसंहित विपरितका गतिविधिहरु भएका छन्की छैनन् ?भन्ने कमलामाई मिडिया प्रा.लिको प्रश्न सर्लाहीका मुख्य निर्वाचन अधिकृत एवम निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजक कवि प्रसाद न्यौपाने सबै जवाफ दिन आफुले सहायक निर्वाचन अधिकृत तोकेको बताउँदै पन्छीए भने निर्वाचन आचारसंहिता अनुगमन समितिका सह संयोजक एवम सर्लाहीका प्रमुख जिल्ला अधिकारी यस विषयमा आफुले नबोल्ने र निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजकलाई सोध्न भन्दै पन्छिए । यसबाट पनि निर्वाचन आचारसंहिता अनुगमन समितिको समेत मिलेमतोमा सर्लाहीमा यसप्रकारका गतिविधिहरु भएका पाइन्छ। 
चुनाव प्रचार प्रसारमा प्रयोग गरिएका भारति नम्बर प्लेटका सवारी साधनहरुको ठक्करबाट जिल्लामा केही दिन पहिला दुईजनाको ज्यान समेत जाँदा पनि निर्वाचन आचारसंहिता अनुगमन समिति मौन देखिनुले सर्लाहीमा निर्वाचन आचारसंहिता विपरितका गतिविधिहरुमा निर्वाचन आचारसंहिता अनुगमन समितिकोसमेत संग्लग्नता रहेको स्पष्ट हुन्छ ।
यता, जिल्लाका उम्मेदवारहरुले नेपाली सवारीसाधनहरुको तुलनामा भारतिय नम्बरका सवारीसाधनहरु सस्तो भाडामा पाइने भएकाले निर्वाचन आचारसंहिता थाहा भएपनि बाध्य भएर प्रयोग गरेको बताएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech