सर्लाहीको हरिवन नगरपालिका ११ स्थित रहेको ईन्दु शंकर चिनी उद्योग पुस गतेबाट सञ्चालनमा आउने भएको छ ।
उद्योगले आज(बुधबार) एक कार्यक्रमका विच डोङ्गा पुजा गरि पुस पहिलो साताबाट यस सिजनको लागि उद्योग सञ्चालनमा आउने उद्योगीका उखु प्रवन्धक योग नारायण रजकले जानकारी दिए . उनका अनुसार हरेक वर्ष पुस पहिलो साताबाट सञ्चालन गरि रहेको उद्योगले यस वर्षको पनि सोहि समयबाट सञ्चालन हुन लागेको हो ।
किसानहरुको भुक्तानी निरन्तर गरि जिल्लाका उखु उत्पादक किसानहरुको मन जित्न सफल उद्योगले यस वर्ष करिब ४० लाख क्वुन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको उद्योगका प्रशासन शाखा प्रमुख ठाकुर नेपालले बताए .
यस वर्ष जिल्लामा उखु उत्पादन घटेको भएपनि ४० लाख क्वुन्टल उखु क्रसिङ् गर्ने र यस वर्षका लागि उखुको मूल्य उद्योगले रु ५ सय २० र सरकारले रु ७० किसानहरुलाई दिने उद्योगले बताएको छ । तर जिल्लाका किसानहरुले आफुहरुले उखुको मूल्य रु ७ सय ५ पाउनु पर्ने माग राखेका उखु उत्पादक किसान राज कुमार उप्रेतीले बताए . चिनीको मुल्य हरेक वरष बढ्ने तर उखु उत्पादक किसानहरुले सधैं घाटा खाएर उखु बेच्नु परेका कारण उखुको मूल्य बढाउन आफुहरुले माग राखेको उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिलमुनी मैनालीले बताए .
जिल्लामा तीनवटा चिनी मिल रहेका भए पनि अन्नपूर्ण चिनी उद्योग र महालक्ष्मी चिनी उद्योग किसानहरुको गतवर्ष कै भुक्तानी गर्न बाकी रअेका कारण सञ्चालनमा आउन सकेका छैनन् भने ईन्दु शंकर चिनी उद्योग हरुक वर्ष निरन्तर सञ्चालनमा रहेको छ ।
जिल्लामा उत्पादन भएको उखुको २६ लाख १० हजार क्वुन्टल उखु गत वर्ष उद्योगले क्रसिङ गरेको थियो । उखु मध्य करिब ४० लाख क्वुन्टल क्वुन्टल उखु ईन्दु शंकर चिनी उद्योगले क्रसिङ गर्ने योजना बनाएको छ ।
पुस पहिलो साताबाट सञ्चालन हुने उद्योग उखु पाउँदा बैशाख सम्म अनाथा चैतम्म उद्योग सञ्चालन हुने उद्योगले जनाएको छ ।