बागमती युवा क्लब नारदमुनि थुलुङ स्मृति गोल्डकपको फाइनलमा प्रवेश

1.6k Shares

 सर्लाहीको बागमती युवा क्लब नारदमुनि थुलुङ स्मृति गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।बुधबार भएको पहिलो सेमीफाइनल खेलमा बागमतीले आयोजक बसाहा फुटबल क्लव उदयपुरलाई २–० गोल अन्तरले पराजित गर्दै फाईनलको यात्रा तय गरेको बागमती युवा क्लबका सचिव एवम बागमती नगर खेलकुद विकास समितिका सह संयोजक कुमार प्रधानले जानकारी दिए ।

उनका अनुसार बागमतीले घरेलु टोलीविरुद्ध पहिलो हाफमै २–० को अग्रता लिएको थियो ।१७ औं मिनेटमा दिपेश चाम्लिङले गोल गर्दै बागमतीलाई अग्रता दिलाएका थिए ।उनै दिपेशले ३१ औं मिनेटमा पुन अर्काे गोल गर्दै अग्रता दोब्बर बनाएका हुन ।दोस्रो हाफमा पनि बसाहा खेलको लयमा र्फकिन नसक्दा घरेलु टोलीका समर्थक निराश बनेका थिए ।घरेलु टोली बसाहाले पाएका अवसरलाई सदुपयोग गर्न सकेन् ।दोस्रो सेमीफाइनल खेल बिहीबार(भोली)न्यू त्रियुगा स्पोर्ट क्लब सप्तरी र कटारी फुटबल क्लब उदयपुरबीच खेल हुने आयोजकले जनाएको छ ।

मोफसलमा रहेर बागमती युवा क्लबले विभिन्न प्रतियोगीताहरुमा ए डिभिजन लिगका च्याम्पीएन टिमहरुलाई समेत पराजित गरि सकेको र बागमती युवा क्लबको आफ्नै छुट्टै पहिचान समेत रहेको बागमती युवा क्लबका सचिव प्रधानले बताए । आफ्नै खेल मैदान,क्लबको बस,स्पोट एकेडेमी समेत रहेको बागमती युवा क्लबलाई बागमती नगरपालिकाले अभिभावकत्व गरि रहेको बागमती युवा क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिए ।उनका अनुसार बागमती युवा क्लबले मधेश प्रदेश कै सर्वाधिक धनराशीको राजर्षि जनक कप फुटबल प्रतियोगीता हरेक वर्ष सञ्चालन गर्दै आएको छ ।

खेलकुदको माध्यामबाट पहिचान तथा सम्बन्धहरु विस्तार हुनुका साथै गैर कानुनी कार्यमा लाग्ने युवाहरु खेलकुदमा संग्लग्न हुँदा त्यस प्रकारका काममा लाग्न नपाउने जसका कारण समाजमा विकृति विसंगति नफैलिने भएकाले खेलकुदलाई प्राथमिकता दिएको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले बताए ।उनका अनुसार नयाँ/नयाँ खेलाडीहरु उत्पादन हुने साथै खेलाडीहरुको मनोबल बढाउन पनि समय समयमा यस प्रकारका प्रतियोगीताहरु भई रहनु आवश्यक छ ।

सम्बन्धित समाचार