सर्लाहीको हरिवन नगरपालिका १० र ११ को विचमा रहेको नेपाल परिवार नियोजन संघको हरिवन नगरपालिकाकी उप प्रमुख र हरिवन नगरपाकिला ११ का वडा अध्यक्षले अनुगमन गर्नु भएको छ । हरिवन नगरपालिका १० र ११ को विचमा रहेको परिवार नियोजन प्रसुती गृहको सेवा सुविधाका विषयमा पटक पटक गुनासो आएपछि हरिवन नगरपालिकाकी उप प्रमुख हरिमाया घलान र हरिवन नगरपाकिला ११ का वडा अध्यक्ष शेष मेहबुब रेजाले अनुगमन गर्नु भएको हो ।
सर्लाहीको उत्तरी क्षेत्रका मात्र नभई छिमेकी जिल्ला सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ६,७ र ८ का गर्भवती महिलाहरुले सेवा लिई रहेका परिवार नियोजन प्रसुती गृहको सेवा सुविधाका विषयमा पटक पटक गुनासो आएपछि नगर उप प्रमुख घलान सहित आफुले स्थलगत अनुगमन गरेको हरिवन नगरपालिका ११ का वडा अध्यक्ष रेजा जानकारी दिनु भयो । उहाँका अनुसार सर्लाहीको उत्तरी क्षेत्रका मात्र नभई छिमेकी जिल्ला सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ६,७ र ८ का गर्भवती महिलाहरुले सेवा लिई रहेका परिवार नियोजन प्रसुती गृहको सेवा सुविधाका विषयमा धेरै गुनासो आएकोले स्थलगत अनुगमन गरिएको हो ।
अनुगमनको क्रममा परिवार नियोजन प्रसुती गृहका कर्मचारीहरुलाई कार्यालयमा सेवा लिन आउने सेवाग्राहीबाट फेरी पनि गुनासो नआउनेगरी काम गर्न निर्देशन दिइएको नगर उप प्रमुख घलानने बताउनु भयो । अनुगमनको क्रममा आफुले कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई सन्तुष्ट हुने गरि सेवा प्रवाह गर्न निर्देशन दिइएको र नगरपालिकाबाट नीयमानुसार गर्न सक्ने सहयोग गर्ने सहयोग गर्ने उप प्रमुख घलानले बताउनु भयो ।
परिवार नियोजन प्रसुती गृहमा काम गर्ने स्वास्थ्कर्मीहरु कार्यालयमा नआई आफ्नो नीजि क्लिनिकमा बसेर काम गर्दा सेवाग्राहीहरु मारमा परेका छन् ।