Close This

मास्क लगाउन आग्रह गर्दै नगर प्रमुख आफै सडकमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-६-१७ गते   २९७ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिकाका नगर प्रमुख गणेश प्रसाद प्रसाईले कोरोना संक्रमणको त्रास बाँकी नै रहेको भन्दै मास्क लगाउन आग्रह गर्नु भएको छ । पछिल्ला दिनमा कोरोना संक्रमणबाट बच्न सामान्य सावधानी समेत अपनाउन छाडिएको अवस्थालाइ ध्यानमा राख्दै नगर प्रमुख प्रसाईले मास्क लगाउन आग्रह गर्नु भएको हो ।
नजिकिँदै गरेको चाड दशैंका लागि किनमेल गर्न आउनेहरुको बजारमा भीडभाड बढ्दै गएपछि यो अवस्थामा अझ बढी सावधानी अपनाउनु पर्ने भएकाले नगर प्रमुख प्रसाई  आफै मास्क लगाउन आग्रह गर्दै बजारमा निस्कनु भएको छ ।
 हरिवन नगरपालिका, उद्योग वाणिज्य संघ र ईलाका प्रहरी कार्यालयको संयुक्त टोलीले हरिवन बजारको दिन,बजारमा मास्क नलगाई आएका सर्वसाधारणलाई माक्स लगाउन आग्रह गर्दै निःशल्क मास्क  वितरण गरिएको हरिवन नगरपालिकाका नगर प्रमुख प्रसाईका स्वाकिय सचिव युवराज आर्चायले जानकारी दिनु भयो ।
कोरोनाको संक्रमण कायमै रहेकाले मास्क लगाएर मात्रै हिँड्नु पर्छ भन्ने सन्देश प्रवाह गर्न मास्क बाँडिएको नगर प्रमुख प्रसाईले बताउनु भयो ।
नगर प्रमुख प्रसाईसँगै हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक राजेन्द्र कुमार उपाध्याय, उद्योग वाणिज्य संघ हरिवनका अध्यक्ष मोहनलाल श्रेष्ठ, नेकपा नेता चूडामणि वाग्ले, बाग्मती सेवा समाजका अध्यक्ष भरत कुमार कार्की  लगायत सचेतनामूलक किसिमले गरिएको मास्क वितरण कार्यमा सहभागी रहनु भएको हरिवन नगरपालिकाले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech