Close This

बोक्सीको आरोप मुद्दामा १० वर्षदेखि फरार धामी हरिवन प्रहरीद्धारा पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-४-२३ गते   ४३० पटक हेरिएको

सर्लाहीको हरिवनबाट प्रहरीले १० वर्षदेखि फरार भएका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत सर्लाहीले बोक्सीको आरोप मुद्दामा १ वर्ष ६ महिना २० दिन कैद सजाए सुनाएपछि फरार भएका हरिवन नगरपालिका ९ का अन्दाजी ३५ वर्षका सितल धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार धामीलाई जिल्ला अदालत सर्लाहीले बोक्सीको आरोप मुद्दामा १ वर्ष ६ महिना २० दिन कैद सजाए र रु १५ हजार जरिवाना तोकेपछि उनि फरार भएका थिए । धामीलाई फरार भएको १० वर्ष पछि हरिवन नगरपालिका ११ स्थित हरिवन बजारबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक मुकेत ताम्राकारले जानकारी दिनु भयो ।  उहाँका अनुसार धामीलाई आवश्यक कार्बाही र कैद जरिवाना असुल उपरका लागी जिल्ला अदालतमा दाखिला गराईएको बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech