सर्लाहीको लालबन्दी नगरपालिका १४ स्थित चुरे क्षेत्रमा लगाईएको प्रतिवन्धित लागु औषध गाँजा खेती प्रहरीले नष्ट गरेको छ।लालबन्दी नगरपालिका १४ स्थित प्रताटोल,हात्तिसुढे,१५ बिगहा, नौ बिघा र मत्स्य दोभान शिर लगायतका चुरे क्षेत्रको विभिन्न स्थानमा लगाईएको करिब ३५ बिघा प्रतिवन्धित लागु अवैध गाँजा खेती फडानी गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालय सर्लाही,शसस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश हरिवन र ईलाका प्रहरी कार्यालय लालबन्दीको संयुत्त प्रहरी टोलीले लालबन्दी नगरपालिका १४ स्थित प्रताटोल,हात्तिसुढे,१५ बिगहा,नौ बिघा र मत्स्य दोभान शिर लगायतका चुरे क्षेत्रको विभिन्न स्थानमा लगाईएको करिब ३५ बिघा प्रतिवन्धित लागु अवैध गाँजा खेती फडानी गरिएको हो ।

सर्लाही सहित सिन्धुली र मकवानपुरको चुरे क्षेत्रमा प्रतिवन्धित लागु औषध गाँजा खेती गर्ने गरिएको विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले विगत केही दिनदेखि चुरे क्षेत्रको प्रतिवन्धित लागु औषध गाँजा खेती फडानी गर्न सुरु गरेको हो।प्रहरीले हरेक वर्ष प्रतिवन्धित लागु औषध गाँजा खेती हुने समयमा गाँजा फडानी गर्ने गरेको भएपनि उक्त क्षेत्रमा गाँजा खेती रोकिएको छैन्।जसको उद्धाहरण समय समयमा सर्लाहीका विभिन्न स्थानबाट प्रतिवन्धित लागु औषध गाँजा सहित मानिस नियन्त्रणमा लिने काम भई रहेको छ ।