कांग्रेस सर्लाहीका सभापति सिंहलाई तीन वर्ष कैद र तीन करोड बढी जरिवाना हुने,पुर्ण पाठ आउन बाँकी

346 Shares

सर्लाहीको बरहथवा क्षेत्रमा रहेका रुख बेचेको आरोपमा अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्धा चलि रहेका नेपाली काँग्रेस सर्लाहीका सभापति सुरेन्द्र सिंह गृह मन्त्री सहितका उच्च ओहोदाका मानिसहरुलाई भेटघाट गर्नमा व्यस्त देखिएका छन् ।बागमती मनुष्मारा झाँझ सिँचाइ आयोजनाको प्रथम चरणको जल उपभोक्ता समितिको अध्यक्ष रहँदा नोपली कांग्रेस सर्लाहीका हालका सभापति सिंहले अवैधानीक तरिकाबाट रुख काटी विक्रि गरेका र भ्रष्टाचार गरेका भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरी तीन बर्ष कैद र तीन करोड बढी जरिवाना सजाय सुनाईएका सिंह नेपाली कांग्रेसबाट गृह मन्त्री बनेका रमेश लेखक सहितका उच्च ओहोदाका मानिसहरुलाई भेटेर आफ्नो मुद्धा मिलाउने तयारी गरेका पाइएको छ । अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरी विशेष अदालतले दोषी ठहर गर्दै तीन वर्ष कैद सजाय र रु तीन करोड बढी जरिवानाको फैसला सुनाएपछि त्यसलाई मिलाउन उनी उच्च ओहोदाका नेताहरुलाई भेट्न व्यस्त भएका छन् ।
विशेष अदालतले गरेको फैसलाको पूर्ण पाठ आउन बाँकी छँदै त्यो पुर्ण पाठलाई प्रभावित पारी आफ्नो पक्षमा निर्णय आउने वातावरण बनाउन उनी गृह मन्त्री लेखाक सहित नेपाली कांग्रेसका सभापति एवम निवर्तमान प्रधानमन्त्री शेर बहादुर देउवा लगायतका मानिसहरुलाई भेट्न व्यस्त रहेका नेपाली कांग्रेस सर्लाहीका केही नेता कार्यकर्ताहरुको आरोप छ ।
भ्रष्टाचार मुद्दामा अदालतले सजाय तोकेका व्यक्तिलाई गृहमन्त्री लेखक सहितका उच्च ओहोदाका मानिसहरुले सम्मान भेटेको तस्वीरहरु सभापति सिंह आफैँले आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । कानुनका विद्यार्थी  समेत रहेका गृह मन्त्री लेखकले विशेष अदालतबाट भ्रष्टाचार सम्बन्धी मुद्धामा दोषी ठहर भएका मानिसलाई भेट्नुले गृह मन्त्री लेखको समेत भूमिका माथि प्रश्न उठ्न थालेका कांग्रेस नेताहरुले बताएका छन् ।
गृह मन्त्री लेखकले भेटेका सिंहलाई सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले २०८० फागुन १५ गते उनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर हुने फैसला गरेको हो।अदालतले संजायको फैसला गरेको ६ महिना बितिसक्दा पनि कांग्रेसको जिल्ला सभापति पद छाडेका छैनन्।जिल्लाका ५१ भन्दा बढी अगुवा नेताहरुले भ्रष्टाचार ठहर भइसकेका सिंहलाई बर्खास्त गर्न माग गर्दै ६ महिना बिति सकेको भएपनि उनी अझै पनि खुलेआम रुपमा हिडि रहेका छन् भने नेपाली कांग्रेस सर्लाहीको सभापति नै रहि रहेका छन् ।नेपाली कांग्रेसका सभापति देउवा प्यानलका सिंह नेपाली कांग्रेस सर्लाहीका सभापति समेत हुन भने उनका भाई सर्लाही क्षेत्र नम्बर ४ प्रदेश सभा (क)बाट निर्वाचित प्रदेश सभा सदस्य समेत हुन । नेपाली कांग्रेसका सभापति एवम निवर्तमान प्रधानमन्त्री देउवा निकट रहेका र नेपाली कांग्रेस हाल सरकारमै रहेका कारण पनि उनी दोष ठहर हुँदा समेत हाल सम्म पनि खुलेआम रुपमा हिडिरहेका नेपाली कांग्रेस कै नेताहरु बताउँछन् ।
सर्वोच्चबाट भ्रष्टाचारी ठहर भइसकेपछि गएको फागुनमा नेपाली कांग्रेस सर्लाहीका सभापति सिंहलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गर्न माग गर्दै नेपाली काँग्रेस सर्लाहीका उप सभापति नवीन प्रसाद अधिकारी,सर्लाही क्षेत्र नं. १ का क्षेत्रीय सभापति हरि बहादुर लुंगेली,सर्लाही क्षेत्र नम्बर २ का कौशल किशोर राय,सर्लाही क्षेत्र नम्बर ३ का सरोज राय,पूर्वजिल्ला सभापतिद्वय लक्ष्मण राय र सत्यदेव सिंह दनुवार,संविधानसभा सदस्य रामचन्द्र चौधरी,पूर्वसांसद ब्रम्ह नारायण चौधरीसहित ५१ जना महासमिति सदस्य,जिल्लाका भातृ संस्थाका अध्यक्षहरु सहितका नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले नेपाली कांग्रेसका सभापति देउवा,उपसभापति पूर्णबहादु खड्का,महामन्त्रीद्वय गगन कुमार थापा र विश्व प्रकाश शर्मालाई २०८० फागुन ३० र चैत २७ मा गरी दुई पटक ज्ञापन पत्र समेत दिएका थिए ।तर नेपाली कांग्रेस सर्लाहीका सभापति सिंह पार्टीका केन्द्रीय सभापति देउवा निकटका रहेका कारण उनलाई फैसला भएको करिब छ महिना बिति सक्दापनि कार्बाही हुन नसकेको हो ।
यता,सो विषयमा जिज्ञासा राख्दा विशेष अदालतले दोषी भनि ठहर गरेपनि पुर्ण पाठ आउन बाँकी रहेको र आफु माथि पुर्ण पाठमा अन्याय भएमा पुनरावेदन जाने नेपाली कांग्रेस सर्लाहीका सभापति सिंहले बताए ।अहिले अदालतले आफ्नो फैसला गरेको हो । त्यसमा मलाई दोषी देखाईएको छ तर पुर्ण पाठ आउन बाँकी रहेको छ । पुर्ण पाठमा आफुमाथि अन्याय भए आफु पुनरावेदन अदालत जाने उनले बताए ।
तर नेपाली कांग्रेस सर्लाहीका सभापति सिंह पुनरावेदनका लागि सर्वोेच्च अदालत पुगेका भएपनि सर्वोच्च अदालतले विशेष अदालतको फैसलालाई सदर गरेको स्रोतको दाबी छ ।जस अनुसार नेपाली कांग्रेस सर्लाहीका सभापति सिंहलाई तीन वर्ष कैद र करिब साँढे तीन करोड जरिवाना हुने भएको हो।नेपाली कांग्रेस सर्लाहीका सभापति सिंहले आफु पुर्णपाठबाट निर्दाेश हुने दाबी गर्दै सभापति पनि समेत छाडेका छैनन्।सभापति सिंहले सर्लाहीको बसबरियामा अवैध तरिकाबाट मद्यिरा उद्योग र क्रसर उद्योग समेत सञ्चालन गरीरहेका छन् ।

सम्बन्धित समाचार