सर्लाहीको लालबन्दी नगरपालिका ९ स्थित रहेको लालबन्दी नगर अस्पतालमा भिडियो एक्सरे (युएसजी)सेवा समेत सूचारु भएको छ।लालबन्दी नगरपालिका ९ स्थित रहेको लालबन्दी नगर अस्पतालमा रेडियोलोजिष्टको अभावका कारण भिडियो एक्सरे सेवा लामो समयदेखि सञ्चालनमा आउन नसकेको लालबन्दी नगर अस्पतालका प्रमुख डा.चन्दन चौधरीले जानकारी दिए ।
उनका अनुसार गतहप्ता मात्रै गलालबन्दी नगर अस्पतालमा रेडियोलोजिष्ट( एमडी)डा.विवेक के.सी हाजिर भएसँगै युएसजी सेवा सूचारु गरिएको हो।लालबन्दी नगर अस्पतालमा भिडियो एक्सरे सेवा बन्द हुँदा गर्भवती तथा पेटको समस्या भएका बिरामीहरुलाई सेवा प्रदान गर्न नसकिएको भएपनि अब सेवा सूचना भएको अस्पताल व्यावस्थापनले जनाएको छ ।
अस्पतालमा प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा.रामविश्वास रायलाई नियुक्त गरेपछि प्रसूतितर्फ अत्यधिक चाप बढिरहँदा गर्भवतीलाई बाहिरका नीजि स्वास्थ्य संस्थामा भिडियो एक्सरेका लागि पठाउनुपर्ने बाध्यता रहेको भएपनि अब लालबन्दी नगर अस्पतालबाटै करिव आधा शुल्कमा भिडियो एक्सरे सेवा प्रदान गरिने अस्पताल प्रशासनले जनाएको छ ।
भिडियो एक्सरे बापत रु छ सय शुल्क लिने निर्णय भएको लालबन्दी नगर अस्पताल व्यावस्थापन समितिका अध्यक्ष एवम लालबन्दी नगरपालिका ९ का वडा अध्यक्ष नारायण अधिकारीले जानकारी दिए ।उनले लालबन्दी नगर अस्पताल आफैले भिडियो एक्सरे मेसिन खरिद नगर्दा सम्म पोर्टेबल युएसजी मेसिन अन्यत्रबाट मागेर भिडियो एक्सरे सेवा सूचारु गरिएको हो।