ललितपुरको कोन्ज्योसोममा २ दिने शिशु सहित एकै घरका ५ जनाको मृत्त्यु

मेनुका कुमारी पौडेल    प्रकाशित: २०७८-११-२३ गते   ४०३ पटक हेरिएको

मेनुका कुमारी पौडेल
ललितपुर ।
ललितपुरको कोन्ज्योसोम गाउँपालिका ४ नल्लुमा एकै घरका ५ जना मृत फेला परेका छन्। कोन्ज्योसोम गाउँपालिका ४ नल्लुमा एकैघरका ४ जनाको घटनास्थल र थप एक जनाको उपचारको क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एक जना घाइते छन्।
कोन्ज्योसोम गाउँपालिका ४ नल्लुकी काइली स्याङतानको घरमा उक्त घटना भएको हो।महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी नायव उपरिक्षक द्वारिका घिमिरेको नेतृत्वमा प्रहरी घटनास्थल पुगिसकेको छ । घाइतेको उपचार पाटन हस्पिटलमा भैरहेको प्रहरलिे जनाएको छ ।


मृत्यु हुनेमा अन्दाजी ५५ वर्षीया काइली स्याङ्तान,अन्दाजी २२ वर्षीया सुष्मा स्याङतान, अन्दाजी ९ वर्षीय आशिष स्याङतान, अन्दाजी ५ वर्षीय आष्मा स्याङतान र अन्दाजी २ दिनको शिशु सुभाष स्याङतान रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुभाषको उपचारका क्रममा पाटन अस्पतालमा निधन भएको हो ।
आशिष,आष्मा र सुभास मृतक सुष्माका छोराछोरी हुन् । उनका श्रीमान् अन्दाजी २३ वर्षीय सुयास स्याङतान घाइते भएका छन् । काइली,सुयासकी आमा हुन् । उनीहरुको मृत्युको कारण खुल्न नसकेको प्रहरलिे जनाएको छ । प्रहरीले शवलाई पोस्टमार्टमको लागि लैजाने तयारी गरिएको छ।
घटना अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर ललितपुर,महानगरीय प्रहरी वृत्त चापागाउँ र  इलाका प्रहरी कार्यालय कोन्ज्योसोमबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ। 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech