नेपाली कांग्रेस सर्लाहीका सभापति डा.सरोज कुमार राय यादवले दिएको राजिनामा अस्वीकृत भएको छ।पार्टीभित्र पछिल्लो समय देखिएको राजनीतिक तथा सांगठनिक परिस्थितिबीच उनले सभापति पदबाट राजिनामा दिएका भए पनि पार्टी केन्द्रीय सभापति गगन कुमार थापाले उनको राजिनामा अस्वीकार गरेका हुन। राजिनामा अस्वीकृत भएसँगै डा.सरोज नै सर्लाही कांग्रेसको नेतृत्वमा महाधिवेशन सम्म रहने अवस्था सृजना बनेको छ।जिल्लामा पार्टीको आगामी सांगठनिक गतिविधि,अधिवेशन तथा संगठन विस्तारका विषयमा उनको भूमिकालाई महत्वपूर्ण रूपमा हेरिएको छ।
सर्लाही कांग्रेस पछिल्लो समय पार्टीको आन्तरिक संरचना र अधिवेशन प्रक्रियाका कारण पनि चर्चामा छ।नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत असोज पहिलो सातादेखि वडा अधिवेशन सुरु भएर अहिले क्षेत्रीय अधिवेशन सम्म पुगेको कांग्रेसमा सर्लाही क्षेत्र नम्बर २ मा वडाअधिवेशन समेत सुरु हुन सकेको छैन्।क्षेत्रीय सभापति कौशल किशोर राय यादव र पार्टी सभापति डा.सरोजका विचमा पार्टीका क्रियाशिल सदस्यताको विषयलाई लिएर टकराव सुरु भएपछि डा.सरोज सहित क्षेत्र नम्बर २ प्रदेश सभा(ख)का सभापति भिखारी ठाकुरले साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएका भएपनि दुवै जनाको राजिनामा अस्विकृत भएको हो ।
सर्लाही क्षेत्र नम्बर २ का ५१ वटा कुनैपनि वडामा अधिवेशन भएको छैन्।राजिनामा अस्वीकृत भएपछि सर्लाहीमा कांग्रेसको संगठनलाई थप व्यवस्थित बनाउने,अधिवेशन प्रक्रिया टुंग्याउने तथा नेता–कार्यकर्ताबीचको समन्वय बलियो बनाउने चुनौती थपिएको सभापति डा. सरोजले बताए ।
पार्टीभित्र नेतृत्वको निरन्तरता कायम रहे पनि राजिनामाको विषयले संगठनभित्र उत्पन्न असन्तुष्टि वा चुनौतीबारे बहस भने बढाउन सक्ने देखिन्छ।यद्यपि क्रियाशिल सदस्यता विवादका कारण राजिनामा दिनु परेको र समाधानका लागि पटक पटक छलफल पनि भएको सभापति डा.सरोजले बताए ।दुई सय वटा वडा रहेको सर्लाहीका एक सय ४९ वटामा वडाअधिवेशन भई कतिपय प्रदेशमा प्रदेशको अधिवेशन समेत भई सकेको र कतिपय प्रदेशमा सर्वसहमतीमा अधिवेशन गर्ने तयारी स्वरुप छलफल भई रहेको नेपाली काग्रेस सर्लाहीका सचिव निरज कार्कीले बताए ।
यता,सभापति डा.सरोज र क्षेत्र नम्बर २ प्रदेश सभा(ख)का सभापति ठाकुरको राजिनामा अस्विकृत हुनुले क्षेत्र नम्बर २ को अधिवेशनको बाटो खुलेको हो भन्ने कमलामाई मिडिया प्रा. लिको प्रश्नमा सभापति डा.सरोजले केन्द्रीय महाधिवेशन प्रतिनिधि सहमतिमा छनोट गर्ने र वडाको तथा क्षेत्रको अधिवेशन केन्द्रीय महाधिवेशन पछि क्रियाशिल सदस्य छानविन गरेर मात्रै गर्ने विषयमा सहमती भएको बताए ।यसबाट प्रष्ट हुन्छ की सर्लाहीको क्षेत्र नम्बर २ का ५२ वटै वडा तथा दुईवटै प्रदेश सभा र एउटा प्रतिनिधि सभामा अहिले अधिवेशन हुँदैन् ।