सर्लाहीको ब्रम्हपुरी ४ बाट करिब २ लाख बराबरको भन्सार छलीको चिनी प्रहरीको नियन्त्रणमा

एसपि गौरव    प्रकाशित: २०८०-६-१६ गते   ४०९ पटक हेरिएको

सर्लाहीको ब्रम्हपुरी गाउँपालिका ४ स्थित त्रिभुवननगरबाट ठूलो मात्रामा भन्सार छलीको चिनी प्रहरीले नियन्त्रणमा लिएको छ ।नेपाल भारत सिमानाका ब्रम्हपुरी गाउँपालिका ४ स्थित त्रिभुवननगरबाट ठूलो मात्रामा भन्सार छली नेपाल भित्र्याइएको चिनी प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार ब्रम्हपुरी गाउँपालिका ४ स्थित रहेको ईलाका प्रहरी कार्यालय त्रिभुवननगर र जिल्ला प्रहरी कार्यालयबाट संयुत्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा त्रिभुवननगरबाट केशरगंज तर्फ आँउदै गरेको  ना ३ ख ७९६९ नंम्बरको यात्रु बाहक बसमा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा अन्दाजी २५ क्वुन्टल चिनी नियन्त्रणमा लिएको हो ।
साना साना पोका पारेर तस्करहरुले बसको ठिकीमा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थमा नियन्त्रणमा लिएको अन्दाजी २५ क्वुन्टल चिनी अन्दाजी मुल्य रु २ लाख बराबरको रहेको जिल्ला प्रहरी कार्याल सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।प्रहरीले सोमबार दिउँसो नै चिनी बरामद् गरेको भएपनि मलंगलबार मात्र सार्वजनिक गरेको हो ।पछिल्लो समय तस्करहरुले सानासाना पोका बनाएर सिमानाकामा घरायसी भन्दै ल्याउने र जिल्लाको बयलवास,लालबन्दी,हरिवन तथा बरहथवा बजार सम्म पुर्याउने गरेका विशेष सूचनाको आधारमा जिल्लाका सिमनाकाहरुमा थप कडाईका साथ चेकजाँच सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुवेदीले बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech