बाराको सिम्रौनगढमा जनप्रतिनिधिहरु विचको विवादमा प्रहरीले चलाएको गोली लागेर १ को मृत्यु,१० जना घाइते

379 Shares

 बाराको सिम्रौनगढमा जनप्रतिनिधिहरु विच भएको विवादमा गोली चल्दा घाईते भएका एक जनाको मृत्यु भएको छ भने १० जना घाईते भएका छन्।सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने वा नगराउने भन्ने विषयमा भएको विवाद चरम उत्कर्षमा पुगेपछि बाध्य भएर प्रहरीले गोली चलाउँदा सिम्रौनगढ नगरपालिका १ का अन्दाजी २५ बर्षिय लक्ष्मि मुखिया विनलाई गोली लागेको र नारायणी अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक सुरेश काफ्लेले जानकारी दिए ।
उनका अनुसार सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी साह कलवार र प्रमुख प्रशासकीय अधिकृत चढेको सरकारी सवारीसाधन स्थानीयले तोडफोड गर्दै नगरपालिकाको कार्यालयमा क्षति पुर्याउन खोजेपछि प्रहरीहरुले बल प्रयोग गर्दा पनि अवस्था नियन्त्रण बाहिर गएपछि गोली प्रहार गर्दा लक्ष्मी घाईते भएका र उनको नारायणी अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको साथै अरु १० जना प्रदर्शनकारी घाईते भएका छन् ।
प्रदर्शनको क्रममा गम्भीर घाइते भएका एक जनाको उपचार नारायणी अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको र अन्य घाईतेहरु सामान्य रहेका कारण स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भईरहेको बारा प्रहरीले जनाएको छ ।सिम्रौनगढ नगरपालिकामा अवस्था अहिले सामान्य भएपनि त्यस क्षेत्रमा व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख कलवारले प्रमुख प्रशासकीय अधिकृत महेशकुमार मिश्रलाई हाजिर गराउने क्रममा विपक्षीले हाजिर गर्न नदिएपछि सृजना भएको विवाद चरम उत्कर्षमा पुगे पछि प्रहरीले अवस्थालाई नियन्त्रणमा लिन लाठी चार्ज,दर्जनौं सेल अश्रुग्याँस र १५ राउण्ड फायर गरेको स्रोतले जनाएको छ ।
सिम्रौनगढ नगरपालिकामा नगर उप प्रमुख नजमु शेहर सहित ३९ जना बोर्ड सदस्यहरुले प्रमुख प्रशासकीय अधिकृत मिश्रलाई हाजिर गर्न नदिने अडान राखेका भएपनि नगर प्रमुख कलवारले  बलजफती पचरौता नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका मिश्रलाई हाजिर गराउन खोजेपछि विवाद सृजना भएको पाइएको छ ।
पचरौता नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका मिश्रलाई नगर प्रमुख कलवारले थप जिम्मेवारी मन्त्रालयबाट दिन लगाएर ल्याइ हाजिर गराउन खोजेपछि ३९ जना वोर्ड  सदस्यहरु र स्थानीयले विरोध गरेका नगर उप प्रमुख नजमु शेहरले जानकारी दिईन्।उनका अनुसार आफु सहित ३९ जना वोर्ड सदस्यहरु र स्थानीयहरु नगर प्रमुख कलवारको पक्षका मानिसहरु विच झड्प सुरु भएपछि प्रहरीले बाध्य भएर बल प्रयोग गर्नुपर्दा अप्रिय घटना भएको हो ।
सिम्रौनगढ नगरपालिकामा नगर उप प्रमुख शेहर सहित ३९ जना वोर्ड सदस्यहरु नयाँ प्रमुख प्रशासकीय अधिकृत ल्याउनु पर्ने अडान रहेका र नगर प्रमुख कलवार मिश्रलाई नै सिम्रौनगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाउने पक्षमा रहेका छन् ।

सम्बन्धित समाचार