सर्लाहीको हरिवन नगरपालिका ८ स्थित रहेको इन्दु शंकर चिनी उद्योग लि.को आधिकारिक ट्रेड युनियन निर्वाचनमा नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल औद्योगिक मजदुर संघ विजयी भएको छ । हरिवन नगरपालिका ८ स्थित रहेको उद्योग लि.को आधिकारिक ट्रेड युनियन निर्वाचनमा माओवादी केन्द्र निकट अखिल नेपाल औद्योगिक मजदुर संघ विजयी २६ वर्षपछि विजयी भएको माओवादी केन्द्र हरिवन नगर कमिटि अध्यक्ष अर्जुन पन्तले जानकारी दिए ।
उनका अनुसार कुल तीन सय २३ मत रहेको युनियनमा तीन सय १७ मत खसेको थियो । जसमा माओवादी केन्द्र निकट अखिल नेपाल औद्योगिक मजदुर संघको पक्षमा दुई सय छ मत र नेकपा(एमाले) निटक समग्र उद्योग ट्रेड युनियनको पक्षमा ६७ मत खसेको छ ।कुल खसेको मतमा ४४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
विगत करिब २६ वर्षदेखि आफ्नो वर्चस्व जमाई राखेको एमाले निटक समग्र उद्योग ट्रेड युनियनले यस पटक भने लज्जास्पद हार बेहोरेको छ ।अब संघको अध्यक्षमा धिरेन्द्र झा चयन हुने निर्वाचन समितिले जनाएको छ ।