लगातार बढेको गर्मीका कारण आजित भएका सर्लाहीबासीलाई सोमबार परेको पानीले राहत भएको छ । सोमबार दिउँसो हावाहुरीसहित वर्षा भएपछि गर्मीले आजित भएका सर्लाहीबासीले शितलताको महसुस गरेका छन् ।
पानी नपर्दा अत्याधिक गर्मी बढेको सर्लाहीमा सोमबारको पानी अमृतरस भएको स्थानिय उमाशंकर साहले बताए । उनका अनुसार लगातारको गर्मी र पानी नपर्दा किसानहरुले लगाएको अन्नबालीमा समेत क्षेती पुग्ने भन्दै किसानहरु चिन्तीत देखिएका थिए । पानी परेपछि किसानहरु पनि खुसी भएका छन् ।
सोमबार दिउँसोको हावाहुरीले उत्तरी भेगमा केही घर तथा पसल टहरामा छानाको रुपमा हालेको त्रिपाललगायत अन्य छाना उडाएर सामान्य क्षति समेत पु¥याएको छ । भने हावाहुरी र पानीले जिल्लाका अधिकांश स्थानमा केही समय विद्युत् सेवा समेत अवरुद्ध भएको थियो ।