भारतिय सुरक्षाकर्मीहरुकाे गाेली लागेर दुई नेपाली युवाकाे ज्यान गयाे,प्रहरी भन्छ पुष्टि हुन बाँकी छ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-३-१२ गते   ५८६ पटक हेरिएको

भारतकाे पूर्वी चम्पारणकाे घाेडासहन थानामा भारतिय सुरक्षाकर्मीकाे गाेली लागेर सर्लाहीको लालबन्दी नगरपालिका २ स्थित पुनर्बासका दुई युवाकाे मृत्यु भएकाे छ । भारतीय सुरक्षाकर्मीकाे ईन्काउन्टरमा जिल्लाका दुई युवाकाे मृत्यु भएकाे हाे ।
आईतबार राती डकैती गर्ने समूह र भारतीय सुरक्षाकर्मीबीच भएको दाेहाेराे भिडन्तमा  डकैती हुदैछ भन्ने खबर पाएर घटनास्थल पुगेकाे सुरक्षाकर्मीकाे टाेलीले घेरा हालेपछि लुटेरा समूहले गाेली प्रहार गर्दा गाेली लागेर ३ जना भारतीय सुरक्षाकर्मी गम्भीर घाईते भएका छन् ।
लगतै जवाफी कार्बाही स्वरुप भारतीय सुरक्षाकर्मीकाे गाेली लागेर डकैती समूहका दुईजनाकाे घटनास्थलमै मृत्यु भएकाे भारतिय सुरक्षाकर्मीले बताएका छन् ।
मृत्यु हुनेहरुमा सर्लाही लालबन्दी नगरपालिका २ स्थित पुनर्वासका दुई युवा रहेकाे बताईएकाे छ । भारतीय सुरक्षाकर्मीकाे दाबी अनुसार फरार हुन सफल डकैती समूहका अन्य डेढ दर्जन युवाहरु नेपालतर्फ भागेका छन् ।
भारतीय सुरक्षाकर्मीकाे कार्बाहीमा सर्लाहीका दुईजनाकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक दिपेन्द्र पंजियारले जानकारी दिए । उनका अनुसार अनाैपचारिक रुपमा खबरहरु सुनिएपनि,आधिकारिक पुष्टि हुन बाँकी रहेकाे छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech