Close This

सिन्धुलीमा आरडीटी परीक्षण गर्दा ५ जनामा पोजेटिभ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-५ गते   २९० पटक हेरिएको

 सिन्धुली अस्पतालमा आरडीटी चेकजाँच गर्दा पाँच जनामा पोजेटिभ देखिएको छ ।आइडीटी चेकजाँच अहिले पनि जारी छ । आज पाँच जनामा आरडिटी पोजेटिभ देखिएपपछि अस्पतालमा उच्च सुरक्षा सतर्कता अपनाइएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पान्डेले जानकारी दिए ।

अस्पतालमा सुरक्षा व्यवस्था अहिले कडा पारिएको छ । सिन्धुली अस्पतालका फ्रन्टलाइन कर्मचारीदेखि जिल्लाका प्रमुखहरुको आरडीटी चेकजाँच गरिएको छ ।विज्ञहरुले भने आरडीटी पोजेटिभ आएपनि आत्तिनु नपर्ने बताएका छन् । पिसिआर चेकजाँचमा पनि पोजेटिभ रिपोर्ट आएमा छुट्टै राखेर संक्रमितको उपचार गर्नुपर्ने हुन्छ ।

नेपालमा पीसीआर पोजेटिभ देखिएकाहरुमध्ये ३६ जनाको उपचारपछि घर फर्किसकेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech