विस्तृत शान्ति सम्झौतापछि पटक पटक सत्तामा पुगेको नेकपा (माओवादी केन्द्र)सत्ताहीन बन्ने अवस्थामा पुगेको छ।पटक पटक नेकपा(एमाले) र नेपाली कांग्रेससँगको सहयात्रा फेरि फेरि सत्तामा पुगेको माओवादी केन्द्र यस पटक सत्ताहीन बन्न पुगेको विपक्षी दलका नेताहरूले टिप्पणी गरेका छन्।
संघीयदेखि विभिन्न प्रदेश सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र दुई ठूला दल कांग्रेस र एमालेको सक्ता सहयात्रापछि एक्लिएर सक्ताहिन बन्न पुगेको हो।माओवादी केन्द्रले आफ्नो पटेक क्षेत्र लुम्बिनी प्रदेश बाहेक अरु प्रदेशहरुमा माओवादी केन्द्रको खासै राम्रो वर्चश्व छैन् ।लुम्बिनी प्रदेशमा अहिले प्रदेश प्रमुखको रुपमा माओवादी केन्द्रका अमिक शेरचन,माओवादी केन्द्र कै सभामुख तुलाराम घर्तीमगर र माओवादी केन्द्र कै मुख्यमन्त्री जोखबहादुर महरा रहेका छन्।
माओवादी केन्द्र तेस्रो दल हुँदा पनि प्रदेशमा हुने यी तीन शक्तिशाली पद कुनैबेला एमाले त कुनैबेला कांग्रेसको साथ लिएर माओवादी केन्द्रले आफ्नो पोल्टामा पारेको थियो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुरसंगै रोल्पाका कुलप्रसाद केसी (सोनाम) पनि यसअघि मुख्यमन्त्री बनेका थिए। संघमा सत्ता फेरिएसँगै सबैभन्दा धेरै चोट माओवादी केन्द्रलाई लुम्बिनीमा परेको माओवादी केन्द्रका केही नेताहरुको भनाई छ ।लुम्बिनी प्रदेशमा कुल ८७ जना सांसद् रहेका छन्। बहुमतका लागि ४४ जना सांसद् आवश्यक पर्छ तर,एमाले र कांग्रेसमात्रै मिल्दा ५६ सांसद् पुग्छन्।यहाँ सरकारको नेतृत्व एमालेले पाउने देखिएको छ।एमालेका पोलिटब्युरो सदस्य एवम संसदीय दलका नेता लीला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्ने एमालेका नेताहरुले बताएका छन् ।गिरी यसअघि पनि मुख्यमन्त्री भइसकेका हुन्।
आफ्नो आधार क्षेत्रको रूपमा लिने कर्णाली प्रदेशमा पनि माओवादी केन्द्रले सरकारको नेतृत्व गरेको थियो।नेता महेन्द्र बहादुर शाही र राजकुमार शाहीले कर्णाली प्रदेशको नेतृत्व गरेका थिए।अब बन्ने नयाँ सरकारको नेतृत्व एमाले र कांग्रेसले आधा आधा कार्यकाल लिँनेछन्। कर्णालीमा कुल प्रदेशसभा सदस्य ४० जना रहेका छन्।बहुमतका लागि २१ जना सदस्य आवश्यक पर्छ। कांग्रेस र एमाले मिल्दा २३ जना सदस्य पुग्छ ।
कर्णालीमा कांग्रेसका १३,एमाले १०,माओवादी केन्द्रका १३,राप्रपा,नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्रको एक÷एक जना सांसद् रहेका छन्।नयाँ बन्ने सरकारको नेतृत्व प्रदेशमा पनि एमाले कांग्रेसले भागबन्डा गरेका छन् तर,मधेस प्रदेशमा जनमत पार्टीका सतिशकुमार सिंह मुख्यमन्त्री छन् भने,उनैलाई एमालेले साथ दिएको छ।अबको बाँकी अवधि सिंहपछि एमाले, कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको कांग्रेसका एक नेताले बताए ।
आइतबार(आज)नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन्। शपथग्रहण सोमबार(भोली)मात्र हुने भएको छ।सोमबार नै मन्त्रिमण्डल विस्तार गर्ने गरी प्रधानमन्त्री नियुक्त भएका ओलीले सोमबार(भोली) शपथग्रहण गर्ने एमालेका एक नेताले बताए ।केन्द्रमा सरकार बनेपछि मात्र प्रदेशमा सरकार बन्ने कसरत सुरु हुने छ।