Close This

जबरजस्ती करणी, सवारी ज्यान तथा अंगभंग मुद्धाका फरार प्रतिवादी पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-३१ गते   ३४० पटक हेरिएको

सर्लाहीको बरहथवा नगरपालिका ७ बरहथवा बजारबाट जबरजस्ती करणी,सवारी ज्यान तथा अंगभंग मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक उद्धव सिंह भाटको कमाण्डमा खटिएको प्रहरी टोलीले “जबरजस्ती करणी, सवारी ज्यान तथा अंगभंग“ सम्बन्धी मुद्दाका फरार प्रतिवादी बरहथवा वरथवा नगरपालिका ७ का अन्दाजी  बर्ष २८ का पंकज दासलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सोमबार पक्राउ परेका दासलाई मंगलबार जिल्ला अदालत सर्लाहीमा पेश गरिएको ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक भाटले जानकारी दिनु भयो।पक्राउ परेका दास विरुद्ध जबरजस्ती करणी,सवारी ज्यान र अंगभंग गरी तीनवटा मुद्धा रहेका प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech