नियमानुसार दर्ता /सूचिकरण नगरी सञ्चार माध्यम सञ्चालन

390 Shares

सर्लाहीमा केही सञ्चार माध्यामहरुले झुटो विवरण राखेर आधिकारीक हो भन्दै सञ्चार माध्यम चलाएको पाइएको छ ।जिल्लाको लालबन्दी नगरपालिका ७ कार्यालय रहेको भाईरल पोष्ट न्युज नामक सञ्चार माध्यमले झुटो विवरण राखि आधिकारीक हो भन्दै सञ्चार माध्यम चलाएको पाइएको हो ।प्रेस काउन्सिल नेपालमा उजुरी परि छानविनको क्रममा “भाईरल पोष्ट एउटा अनलाईन पत्रिका हो।हामी सूचना विभागमा विधिपूर्वक दर्ता भई सञ्चालनमा छौँ।दर्ता नं.०७८/०७९/६५”भन्ने विवरण लेखिएको पाइएको भएपनि उत्तःसञ्चार माध्याम नियमानुसार कहि कतै दर्ता एवम सूचिकरण नभएको अनुगमनबाट देखिएको प्रेस काउन्सिल नेपालको आचारसंहिता अनुगमन शाखाले जनाएको छ ।
शाखाले जेठ ७ गते स्पष्टीकरण एवम सचेत भन्दै लेखेको पत्रमा“त्यस किसिमको झुटो विवरण राखी के÷कति कारणले समाचारजन्य सामाग्री पोष्ट हुन गएको हो ? २४ घण्टा भित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिईन्छ।साथै अब उप्रान्त नियमानुसार अविलम्ब दर्ता÷सूचिकरण गरी समाचारजन्य सामाग्रीहरु सम्प्रेषण गर्न/गराउन समेत निर्देशन दिइन्छ।अनाथा यस किसिमको क्रियाकलाप पुनरावृति भएमा वा उजुरी हुन आएमा प्रचलित कानुन/आचारसंहिता बमोजिम कार्बाही भई जाने तर्फ समेत सचेत गराईन्छ।”भन्दै पत्राचार गरेको छ,तर उक्त सञ्चार माध्यमले जेठ ७ गतेको स्पष्टीकरण एवम सचेत भन्दै लेखेको प्रेस काउन्सिल नेपालको आचारसंहिता अनुगमन शाखाको पत्रको हाल सम्मपनि कुनै किसिमको जवाफ नदिएको प्रेस काउन्सिल नेपाल स्रोतले जनाएको छ ।उत्तःसञ्चार माध्यमले भाईलर पोष्ट नामक पत्रिका समेत प्रकाशन गरि रहेको पाइएको छ ।
त्यस्तै सर्लाही कै लालबन्दी नगरपालिका ९ कार्यालय रहेको भन्दै सञ्चालन भई रहेको चियोचर्चाे खबरडटकम नामका“सञ्चार माध्यमपनि नियमानुसार कहि कतै दर्ता एवम सूचिकरण नभएको अनुगमनबाट देखिएको”प्रेस काउन्सिल नेपालको आचारसंहिता अनुगमन शाखाले जनाएको छ ।नियमानुसार अबिलम्ब दर्ता/सूचिकरण गरी समाचारजन्य सामाग्रीहरु सम्प्रेषण गर्न/गराउन निर्देशन दिइन्छ ।अनाथा यस किसिमका क्रियाकलाप पुनरावृति भएमा वा उजुरी प्राप्त हुन आएमा प्रचलित कानुन/आचारसंहिता बमोजिम कार्बाही भई जाने तर्फ समेत सचेत गराईन्छ । प्रेस काउन्सिल नेपालबको आचारसंहिता अनुगमन शाखाले जेठ ७ गते गरेको पत्राचारमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार