मधेश प्रदेश सरकारका आन्तरीक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले रासस तथा सरकारी मिडियाहरुले लेखन वाचनमा विशेषध्यान दिनु पर्ने बताउनु् भयो । सरकारी मिडियाहरु र पत्रकारहरुले भ्युअर बढाउन मात्र भएपनि नकारात्मक समाचार लेख्ने गरेका बताउँदै त्यसका गतिविधिहरु परिवर्तन गर्नु पर्ने बताउनु भयो । आज(आईतबाुर)बाट शुरु भएको मधेश प्रदेशको राजधानी जनकपुरमा राष्ट्रिय समाचार समिति(रासस)का पत्रकारहरुको अभिमुखिकरण कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले सरकारी मिडियाहरु र सरकारी मिडियाकर्मीहरु मिलेर नेपाली मिडियाको आचरणमा सुधार गर्नु पर्ने बताउनु भयो । त्यसका लागि सरकारी मिडिया हाउस र मिडियाकर्मी मिलेर जानुको विकल्प नरहेको बताउनु भयो । प्रदेशका पत्रकारहरुले प्रदेशह सरकारका सकारात्मक र नकारात्मक दुवै कुरा लेख्न मन्त्री साहले आग्रह गर्नु भयो ।
कार्यक्रमका विशिष्ट अतिथि राससका महा प्रवन्धक शिद्धराज राईले राससकर्मीले सकारात्मक समाचार लेखनमा जोड दिनु पर्ने बताउनु भयो । उहाँले राससलाई केही सुधार गरेर लानु आवश्यकता रहेको बताउनु भयो ।
मधेश प्रदेशको राजधानी जनकपुरधामको होटल सिटि स्टारमा मधेश प्रदेश सरकारका आन्तरीक मामिला तथा सञ्चार मन्त्री साहको प्रमुख आतिथ्यता तथा आमसञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजनामा आजबाट शुरु भएको अभिमुखिकरण सोमबार सकिने छ ।
अभिमुखिकरण कार्यक्रममा राष्ट्रिय समाचार समिति(रासस)का शिद्धराज राई,महा प्रवन्धक,कुष्ण अधिकारी,समाचारदाता प्रमुख,उत्तम सिलवाल,कार्यकारी व्यावस्थापक, शितल प्रसाद महतो,कार्यकारी सम्पादक, राजु शाक्य प्रधान सम्पादक,नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कर्ण लगायतको विशेष उपस्थितीमा भएको कार्यक्रममा मधेश प्रदेशका आठै जिल्लाका राष्ट्रिय समाचार समिति(रासस)का सम्वाददाताहरुको सहभागीता रहेको छ ।