जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

534 Shares

सर्लाहीको बसबरिया गाउँपालिका ४ स्थित रहेको आदर्श मा.वि. र बसबरिया गाउँपालिका ६ मा रहेको प्राथमिक विद्यालय मानटोलका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

WhatsApp Image 2025-12-15 at 5.28.30 PM (1).jpeg

बसबरिया गाउँपालिकाका नेपाली कांग्रेसका युवा नेता गजेन्द्र साहले आफ्नो जन्मदिनको अवसरमा दुई वटा विद्यालयका एक सय पाँच जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका हुन् । उक्त विद्यालयमा खानेपानीको समेत समस्या रहेको पाइएकाले खानेपानीको पाइप समेत सहयोग गर्ने उनले बताए ।

सम्बन्धित समाचार