लामो समयदेखि हुलाकी सडकको निर्माण कार्य अलपत्र परेको भन्दै सर्लाहीको सदरमुकाम मलंगवाका स्थानीय पुनः आन्दोलित भएका छन्।हुलाकी सडकको निर्माण चाँडै गर्न माग गर्दै माग राखि स्थानीयले टायर बालेर प्रदर्शन गरेका हुन्।मलंगवामा हुलाकी सडक लामो समयदेखि कालोपत्रे नगरी अलपत्र छाडिँदा धुँवाँ धुलोको सास्ती खेप्न बाध्य भएपछि स्थानीय आन्दोलीत भएका छन् ।सडकको धुलोले बिरामी पर्न थालेपछि बाध्य भएर अघिल्ला वर्षहरुमा झैँ आन्दोलन सुरु गरिएको स्थानीयले बताएका छन् ।पटक–पटक समय तोकेर ठेकेदारले कालोपत्रेको काम पूरा नगरेको स्थानीयको गुुनासो छ ।
मलंगवामा हुुलाकी सडकको पूर्वतर्फ टावर चोकदेखि पश्चिम शिक्षा विकास तथा समन्वय इकाइ सम्मको सडक कालोपत्रे हुन बाँकी रहेको छ।मुख्य बजारको केही ठाउँमा जग्गाको विवादका कारण काम गर्न नसकेको निर्माण व्यवसायीका प्रतिनिधि इन्जिनियर अजय यादवले गुनासो गरेका छन्।उनका अनुसार विवाद नभएको ठाउँमा चाँडै कालोपत्रे तथा कल्भर्ड निर्माणको काम सुरु गर्ने र केही ठाउँमा निर्माण भइसकेको नालामा ढकन हाल्न बाँकी रहेको साथै केही स्थानमा साईट क्लियर नभएकाले समस्या भएको बताए ।