सर्लाहीको बरहथवा नगरपालिका–०३ स्थित प्रतिटोलमा चोरीको गाडी प्रयोग गरी चोरी गर्दै गरेको अवस्थामा एक किशोर पक्राउ परेका छन्।सर्लाहीको बागमती नगरपालिका–६ का अन्दाजी १८ वर्षीय जुमुन मियाँलाई मधेश प्रदेश ०४–००१ च ०३६७ नम्बरको पिकअप गाडी प्रयोग गरी चोरी गर्दै गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कार्यालयका अनुसार शुक्रबार बिहान करिब ४ बजे मियाँले प्रतिटोलका विजय यादवको घरबाट मोबाइल र केही नगद चोरी गरी नजिकै रहेको मनोज सहनीको घरमा चोरी गर्न पुगेपछि होहल्ला गर्दै प्रहरीलाई खबर गरेपछि मधेश प्रदेश ०४–००१ च ०३६७ नम्बरको पिकअप गाडी सहित मियाँलाई नियन्त्रणमा लिईएको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा उक्त पिकअप २०८३ जेठ १९ गते इलाका प्रहरी कार्यालय हरिवनको क्षेत्रबाट हराएको तथ्य फेला परेकोे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिए।उनका अनुसार पक्राउ परेका मियाँ र गाडिको सम्बन्धमा थप अनुसन्धान सुरु भएको छ ।