सर्लाहीको विष्णु गाउँपालिका ६ मा आफ्नै छोराको कुटाईबाट आमाको मृत्यु भएको छ। विष्णु गाउँपालिका ६ सिमरामा अन्दाजी वर्ष ३२ का भगलु मण्डलको कुटाईबाट आफ्नै ६५ वर्षीया आमा फुल कुमारी देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार घरायसी बिबादका क्रममा भगलुले कुटपिट गर्दा फुल कुमारी गम्भीर घाइते भएकी र उनलाई प्रहरी र स्थानीयको सहयोगमा स्थानीय अस्पतालमा उपचारका लागि लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि वीरगन्ज तर्फ लैजाँदै गर्दा फुल कुमारीको बाटोमै मृत्यु भएको हो।बृद्वा आमालाई कुटपिट गरि हत्या गर्ने छोरा भगलुलाई पक्राउ गरेर घटनाका सम्बन्धमा अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ।