पत्रकारको आवरणमा हिरोइन कारोबार गर्ने एक पत्रकार सहित तीन जना पक्राउ

166 Shares

पत्रकारिताको आवरणमा लागु औषध कारोबार तथा ओसार पसार हुने गरेको विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले दुधौली नगरपालिका–९ बाट लागु औषध र एक जना पत्रकार सहित तीन जनालाई नियन्त्रणमा लिएको छ।लागूऔषध नियन्त्रण ब्यूरोे शाखा कार्यालय बर्दिबास र ईलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरी टोलीले दुधौली नगरपालिका–९ मा सवारी साधन चेकजाँच गर्ने क्रममा ४४ दशमलव तीन सय ४० ग्राम खैरो हेरोइन सहित एक जना पत्राकार र अरु दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जनाएको छ ।

WhatsApp Image 2026-07-31 at 9.24.41 PM.jpeg
प्रहरीका अनुसार सिराहाको मिर्चैयाबाट काठमाडौं तर्फजादै गरेको बा १६ च ७८४६ नम्बरको कारलाई शंकालागि चेकजाँच गर्ने क्रममा खैरो हेरोइन ४४ दशमलव तीन सय ४० ग्राम फेला परेपछि उत्त कारमा रहेका सिराहाको लक्ष्मीपुर गाउँपालिका–२ का २६ वर्षीय उमेश कुमार यादव,लहान नगरपालिका–१० का ३० वर्षीय रमेश कुमार राम र लक्ष्मीपुर गाउँपालिका–२ कै २५ वर्षीय गुल्सन प्रसाद साहलाई  नियन्त्रणमा लिईएको हो ।
बरामद लागुऔषध र कार सहित पक्राउ परेका तीनैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय दुधौलीको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।पक्राउ परेका यादव एक सञ्चार माध्यमका स्थानीय सम्वाददाता रहेका प्रहरीको दाबी छ । यादवसँग सोही सञ्चारमाध्यमको नाम उल्लेख भएको पत्रकार परिचय–पत्र फेला परेको र उक्त परिचय–पत्रसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।प्रहरीले पत्रकारको परिचय–पत्रसहित पक्राउ परेका यादवमाथि लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा अनुसन्धान अघि बढाएको हो ।

WhatsApp Image 2026-08-05 at 9.39.34 AM (1).jpeg
लागु औषध ओसार पसारमा प्रयोग भएको कार यादवले काठमाडौंको कलंकीस्थित हुलास फाइनान्सबाट किस्ताबन्दीमा लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । बरामद हिरोइन कहाँबाट ल्याइएको थियो ? यसको गन्तव्य कहाँ थियो  ? र कारोबारमा अरू व्यक्तिको संलग्नता थियो वा थिएन ? भन्ने विषयमा प्रहरीले थप अनुसन्धान सुरु रहेको छ । पछिल्लो समय स्थानीय सञ्चार माध्यमहरुको पत्रकार परिचय–पत्र बनाउने र गैर कानूनी कार्य गर्नेहरुको संख्या बढी रहेको भएपनि नेपाल पत्रकार महासंघ सहित सरोकारवाला निकाय मौन देखिएको छ ।

सम्बन्धित समाचार