स्व. माझीको श्रद्धाञ्जली सभाकाे अवसर पारेर आर्थिक सहयाेग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१०-२८ गते   ५१४ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १२ का स्व.झरिलाल माझिको परिवारलाई नेकपा(माओवादी केन्द्र) लालबन्दी नगर कमिटीले आर्थिक सहयोग गरेको छ । साविकको पत्थरकोट गाउँ कमिटीका तत्कालिन इन्चार्ज स्व.माझीको परिवारलाई माओवादी केन्द्र नगर कमिटिले रु १ लाख १४ हजार ३ सय आर्थिक सहयोग गरेको गरेको हो ।
२०७० सालमा पार्टीको पत्थरकोट गाउँ कमिटीको अध्यक्ष भएका लालबन्दी नगरपालिका १२, जियाजोर निवासी माझीको ३३ वर्षको उमेरमा माघ २२ गते निधन भएको थियो । माझीको हृदयघातका कारण निधन भएको चिकित्सकहरुले बताएका छन् ।
माझीको निधनप्रति दुःख व्यक्त गर्दै उनकै निवास जियाजोरमा पार्टीद्वारा आयोजित श्रद्धान्जली सभामा स्व.माझीको परिवारलाई आर्थिक सहयोग गरिएको माओवादी केन्द्र लालबन्दी नगर कमिटिका सचिव राजन कुमार श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार पीडित परिवारलाई पार्टीका नेता कार्यकर्ताहरु र अन्य सहयोगी मनहरुबाट स्वच्छाले सहयोग गरेको रकम रु १ लाख १४ हजार ३ सय नगद प्रदान गरिएको हो ।
 श्रदान्जली सभालाईसम्बोधन गर्दै माओवादी केन्द्र सर्लाही संयोजक कमल बुढाथोकीले स्व.माझीका सन्तालाई उच्च शिक्षा,स्व.माझीकी श्रीमतीलाई शिप क्षमता अनुसार रोजगारीको व्यावस्था गर्न पार्टीले पहल गर्ने बताउनु भयो ।
माओवादी केन्द्र लालबन्दी नगरपालिका १२ का वडा कमिटि अध्यक्ष बुद्धिमान माझीको अध्यक्षता तथा माओवादी केन्द्र सर्लाहीका संयोजक कमल बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको श्रदान्जली सभामा पार्टीको प्रदेश कमिटि सदस्य मनिष माझि,नगर कमिटीका अध्यक्ष लेखराम जर्गा मगर (अर्जुन),उपा अध्यक्ष शुक्र लामा,योङ्ग कम्युनिष्ट लिग नेपाल मशेध प्रदेश संयोजक सन्देश श्रेष्ठ,लालबन्दी नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु लगायतको विशेष उपस्थिती रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech