भ्रष्टाचार ढाकछोप गर्न सेवाग्राहीमाथि अमर्यादित व्यवहार

393 Shares

पूर्वाधार विकास कार्यालय कलैया बारामा भ्रष्टाचार ढाकछोप गर्न कर्मचारीहरूले सेवाग्राहीहरूमाथि अमर्यादित व्यवहार गरेका छन्।कर्मचारीले आफ्नो भ्रष्टाचार ढाकछोप गर्न सेवाग्राहीहरुलाई हातपात,गालीगलौज र मानसिक दवाब दिने गरेको पाइएको छ।बाराको सिम्रौनगढ नगरपालिका २ बाट महेन्द्र नारायण निधि आवास कार्यक्रम अन्तर्गत सेवा प्राप्त गर्न आएका नागरिकलाई कमिसनको निहुँमा शारीरिक तथा मानसिक रुपमा दुःख दिइएको सेवाग्राही सुनिल कुमार कुशवाहाले गुनासो गरे ।
 आइतबार भुक्तानी प्रक्रिया अघि बढाउन कार्यालय पुगेका सेवाग्राही कुशवाहाले करिब डेढ वर्षपहिला लेखापाल मुकेश प्रजापतिलाई बुझाइएको फाइल“हराएको”बताइएपछि जवाफ माग्दा उनलाई सार्वजनिक रूपमै गालीगलौज र दुव्र्यवहार गरिएको उनले गुनासो गरे ।उनका अनुसार सब–इन्जिनियर प्रभात सिंह र राष्ट्रिय युवा संघ नेपाल बाराका अध्यक्ष समेत रहेका सदाम अन्सारीले उनीमाथि सार्वजनिक स्थानमै हातपात प्रयास गर्दै अपशब्द प्रयोग गरेका हुन।“कमिसन मागिएको थियो,मैले अस्वीकार गरेपछि फाइल हराइदिए।अहिले त सोध्न जाँदा उल्टै आक्रमण गर्छन्,”कुशवाहाले बताए।
उनले सिफारिस गरेका योजना अनुसार सिम्रौनगढ नगरपालिका २ की कृष्णा देवी राम र सिम्रौनगढ नगरपालिका ३ की लक्ष्मी महतो कोइरीको घर निर्माण कार्य सम्पन्न भइसकेको भए पनि अहिलेसम्म भुक्तानी नदिइएको गुनासो गरेका छन्।“फाइल डेढ वर्षअगाडि लेखापाल प्रजापतिलाई बुझाएको थिएँ,तर अहिले फाइल नै नभएको भन्दै कार्यालयले पन्छिन खोजिरहेको छ। यो फाइल हराउनु सामान्य होइन,यो त भ्रष्टाचार लुकाउने रणनीति हो।”उनले बताए ।
सब–इन्जिनियर सिंहमाथि बाहिरका बेरोजगार युवालाई बोलाएर कार्यालयमै त्रास सिर्जना गरेको आरोप छ।स्रोतका अनुसार,सब–इन्जिनियर सिंह आफैलाई“हर्ताकर्ता”ठान्दै सेवाग्राहीमाथि बल प्रयोग गर्नेजस्तो चरम दुराचारमा संलग्न रहेका पाइएको छ ।यसले भुक्तानी प्रणालीमा गैर कानुनी कमिसनको सिण्डिकेट सक्रिय रहेको प्रष्ट पार्छ।घटनाबारे प्रतिक्रिया लिन खोज्दा कार्यालय प्रमुख रिम्पु कुमारी यादवसंग सम्पर्क हुन सकेन् । 

सम्बन्धित समाचार