एकताबद्ध भएर संघर्ष गर्नु पर्ने  अध्यक्ष दाहालको भनाई

2.5k Shares

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुली अध्यक्ष तथा बागमती प्रदेशसभा सदस्य राजन दाहाल(लेखनाथ)ले केपी शर्मा ओली सरकार असफल भएको दावी गर्नु भएको छ । नेकपा असफल भएको होईन भन्ने धारणा व्यक्त गर्दै उहाँले  नेकपा नै असफल भएको होकि भन्ने आशंका नपाल्न आग्रह गर्नु भयो ।
नेपाली जनताले केपी शर्मा ओलीलाई नभएर पार्टी घोषणा पत्रलाई विश्वास गरेका अध्यक्ष दाहालको भनाई छ । घोषणापत्र भित्र सरकारले कार्यसम्ंपादन गर्ने ५ वर्षको कार्यतालिकामा प्रष्ट रहेको छ । एक पटक सबैले घोषणा पत्र हेर्न आवश्यक रहेको अध्यक्ष दाहालले बताउनु भयो ।
उहाँका अनुसार घोषणापत्रलाई एक पटक पनि पल्टाएर नहेरी पुरानै दलाल नोकरशाही व्यावस्थाको भद्दा निरन्तरता नै ओली सरकारको असफलता हो । ‘माक्सवाद लेनिनवाद प्रतिको अलगाव हो र पार्टीको घोषणापत्र प्रतिको अलगाव हो । त्यसकारण प्राप्त उपलव्धिको रक्षार्थ सिंगो देश एकताबद्ध भएर संघर्ष गर्नुको विकल्प छैन ।’अध्यक्ष दाहालले बताउनु भयो ।
ओलीको प्रतिनीधीसभा विघटनको प्रतिगामी कदमले के पुष्टि गरेको छ भने उनी संघीय लोकतान्त्रिक गणतन्त्र सिध्याउन लागि परेको देखिएको दाहालको भनाई छ । उहाँले नेकपा असफल नभइ केपी ओलीकोसरकार असफल भएको कमलामाई खबरसंग कुरा गर्दै अध्यक्ष दाहालले यस्तो बताउनु भएको हो । सोमप्रसाद न्यौपाने

सम्बन्धित समाचार