सव स्टेसन आयाेजना उद्घाटन गर्न मन्त्री भुसाल सर्लाहीमा आउदै

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-१ गते   ३४३ पटक हेरिएको

सर्लाहीको  लालबन्दी नगरपालिका १ नवलपुरमा निर्माण भएको नवलपुर सव स्टेसन आयाेजना उद्घाटन गर्न उर्जा,जलस्राेत तथा सिचाइ मन्त्री पम्फा भुसाल आज सर्लाही आउनु हुने भएको छ । सर्लाहीको विद्युत समस्या समाधानका लागि भन्दै आर्थिक वर्ष 0७५/0७६ बाट पावाटेक वाईवा जेभिले रु ४६ कराेड ६६ लाखमा ठेक्का लिएको थियाे ।
१३२/३३ केभिए ग्रिड सवस्टेशन आयाेजनाको उद्घाटन गर्न उर्जामन्त्री भुषाल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सर्लाही आउनु हुने सव स्टेसन आयाेजनाका प्रमुख निरन्जन कुमार साहले जानकारी दिनुभयाे ।
उद्घाटन कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको नेपाल विद्युत प्राधिकरण वितरणा केन्द्र लालबन्दीका प्रमुख  संजिव कुमार साहले बताउनु भयाे ।  सर्लाहीमा अहिले नवलपुर सव स्टेसन आयाेजना निर्माण भएपछि लामो जंगल छिचोलेर रौतहटको चन्द्रनिगाहपुरदेखि लाईन तान्नुपर्ने बाध्यता अन्त्य हुनुकाे साथै विद्युत समस्या पनि समाधान  भएकाे छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech