एमालेको १६ मध्ये पाँच क्लस्टरबाट १९ केन्द्रीय सदस्य निर्विरोध निर्वाचित

रासस    प्रकाशित: २०७८-८-१३ गते   ६२ पटक हेरिएको

नेकपा(एमाले)को जारी दशौँ महाधिवेशनबाट पाँचवटा क्लस्टरका १९ जना नेता निर्विरोध केन्द्रीय सदस्य निर्वाचित भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको पहिलो सूचीअनुसार भूगोल बाहेकका १६ वटा क्लस्टरमध्ये पाँचवटा क्लस्टरबाट १९ जना निर्विरोध निर्वाचित भएका हुन् । ३ सय १ सदस्यीय केन्द्रीय कमिटीमा पाँचवटा क्लस्टरका १९ जना नेता निर्विरोध केन्द्रीय सदस्य निर्वाचित भएका निर्वाचन आयोगले जनाएको छ ।
दलित महिला क्लस्टरबाट विष्णुमाया विक, राम रतिदेवी राम, शिवकुमारी गोतमे र सविता रसाइली केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । मधेसी महिला क्लस्टरबाट कमलादेवी महतो, जुलीकुमारी महतो, ज्वालाकुमारी साह, रीतादेवी शाह, शिला यादव र सरिता कुमारी गिरी (यादव) निर्वाचित भएका हुन् ।
थारु महिला क्लस्टरबाट गंगा चौधरी(सत्गौबा),सरस्वती चौधरी, मञ्जुकुमारी चौधरी केन्द्रीय सदस्य निर्वाचित भएका छन् । श्रमिक पुरुष क्लस्टरबाट विनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम र बाबुराम थापा तथा श्रमिक महिला क्लस्टरबाट मञ्जुकुमारी थापा मगर र सीता लामा केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech