Close This

उवासंघ र चेम्बर अफ कमर्स लालबन्दीकाे निर्णय व्यापारीहरुद्वारा अस्वीकार

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-९-४ गते   १३९ पटक हेरिएको

उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्श लालबन्दीले लालबन्दी बजार प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बन्द गराउने निर्णय गरेपनि व्यापारीहरुले अस्वीकार गरेका छन् । 
लालबन्दी बजार यसअघि प्रत्येक पहिलो र तेस्रो आइतबार बन्द हुने गरेको थियो । उद्योग वाणिज्य संघ र चेम्बर कफ कमर्स लालबन्दीले केही दिनअघि निर्णय गरी अब आइतबारको साट्टा शनिबार बजार बन्द गर्ने निर्णय गरे पनि स्थानीय व्यापारीहरुले अस्वीकार गरेका हुन । 
उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दीपेन्द्र कुमार बलम्पाकी(दिपक)ले शनिबार बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालय बन्द हुने भएकाले आइतबारको साटो शनिबार नै बन्द गर्न उचित हुने सबैबाट सुझाव आएपछि यो निर्णय गरिएको बताए ।
अध्यक्ष बलम्पाकीले भित्री बजारका केही व्यापारीले आइतबार नै बन्द गर्नुपर्ने माग राखेर पसल खोलेपनि मुख्य बजारका अधिकांशले वाणिज्य संघ र चेम्बरको निर्णय स्वीकार गर्दै शनिबार नै पसल बन्द गर्न सुरु गरेकाे बताए । अध्यक्ष बलम्पाकीले कोही व्यापारीको पसल व्यवसायमा जवरजस्ती सर्टर झार्ने उद्योग वाणिज्य संघको काम नभएको भन्दै व्यापारीकै हितमा काम गर्ने संघले गरेको निर्णय  व्यापारीहरुकाे पक्षमा नभएको बताएका छन् ।
भित्री बजारमा व्यापार गर्ने व्यापारीको समूहले आइतबार मात्रै बजार बन्द गछौँ भन्दै उद्योग वाणिज्य संघ र चेम्वर अफ कर्मस लालबन्दीमा निवेदन समेत दिएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech