Close This

राईट टु स्याटडीद्धारा लालबन्दी नगरलाई स्वास्थ्य सामाग्री सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-१८ गते   ३४० पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकालाई राईट टु स्यास्टडी नेपालले विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । लालबन्दी नगरपालिकाका नगर प्रमुख  मान बहादुर खड्कालाई सो सामग्री संस्थाले हस्तान्तरण गरेको हो ।

संस्थाले थर्मल गन १० थान,माक्स ५ हजार थान,सिटामोल ट्याब्लेट १० हजार ट्याब्लेट,पीपीई सेट ६ थान,जीवनजल १ हजार प्याकेट र फिल्टर माक्स २५ थान सहयोग गरेको नगरपालिकाले जनाएको छ । कोरोना भाईरस विश्वव्यापी माहामारकिो रुपमा फैलिएको अवस्थामा त्यसबाट केहीहद सम्म भएपनि  सुरक्षित रहन मद्दत पुगोस भनेर स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको संस्थाले जनाएको छ ।

संस्थाले काण्माडौँबाट नगरपालिकालाई सामाग्री पठाएको हो । सहयोग सामाग्री बुझ्दै नगर प्रमुख खड्काले संस्थालाई धन्यवाद समेत दिनु भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech