Close This

रु ४ करोड मुनाफा आर्जन गरेको सगुन सहकारीको २२ औँ साधारण सभा सम्पन्न,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-६-६ गते   ४६ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका ११ मा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था लि.को वुधवार(आज)२२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष केशव ढकालको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष ओम देवी मल्लको प्रमुख आतिथ्यतामा २२ औँ साधारण सभा सम्पन्न भएको हो 
संस्थाले हालसम्म रु १  अर्ब ५० करोड ९१ लाख ३३ हजार ७ सय ७८ रुपैयाँ कूल कारोवार गरेको जनाएको छ । गत आर्थिक वर्ष २०७७÷०७८ मा रु ३ करोड ९७ लाख २४ हजार ७ सय ४९ रुपैयाँ खुद मुनाफा आर्जन गरेको साधारण सभामा संस्थाले जानकारी गराइएको छ ।
असोज १ गतेदेखि ५ गतेसम्म संस्थाको मुख्य कार्यालय हरिवन नगरपालिका ११, बागमती नगरपालिका–१, मिलन चौक र लालबन्दी नगरपालिका–७, मा रहेको सेवा केन्द्रसँगै हरिवन नगरपालिका २ अत्रौली, हरिवन नगरपालिका ६, घुर्कौली र बागमती नगरपालिका ८, ९ र १० सोल्टी बजारको संयुक्त वडा कार्यालयमा शेयर सदस्यहरुको उपस्थिति दर्ता गराई वुधवार(आज) २२ औँ साधारण सभा गरिएको संस्थाका प्रवन्धक रविन्द्र रानाले जानकारी दिनु भयो । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरी ६ स्थानमा उपस्थिति दर्ता गराई वुधवार(आज) प्रतिनिधिमूलक शेयर सदस्यहरुको उपस्थितिमा साधारण सभा गरिएको संस्थाले जनाएको छ ।
हरिवन नगरपालिका–९, स्थित सगुन शिक्षा आवासिय विद्यालयमा आयोजित साधारण सभामा संविधान सभा सदस्य हरि उप्रेती,बरहथवा नगरपालिकाका नगर प्रमुख देवानन्द महतो, हरिवन नगरपालिकाकी उप प्रमुख रेणुका पौडेल, राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष मल्ल,राष्ट्रिय सहकारी बैंकका संचालक विश्वनाथ मण्डल, भूमी व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गतको सहकारी विभागका ओम नारायण झा, संस्थाका सल्लाहकार विदुर कुमार प्याकुरेल, जिल्ला बचत तथा ऋण सहकारी संघ सर्लाहीका अध्यक्ष बाबुराम घिमिरे, नगर सहकारी संजालका अध्यक्ष रामप्रसाद घिमिरे, हरिवन नगरपालिकाको सहकारी विभागका प्रमुुख एवम वडा नं. १० का वडाध्यक्ष शम्भु प्रसाद मैनालीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech