Close This

तिज घरमै बसेर मनाउन उप प्रमुख लामाको आग्रह

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-४-३२ गते   १०२६ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकाले नजिकिदै गरेको नेपाली नारीहरुको महान पर्व हरितालिका तिज यस बर्ष घरमै बसेर मनाउन नगरबासी महिला दिदि बहिनीहरुमा अनुरोध गरेको छ । विश्वरभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) को संक्रमणको जोखिम बढेको भन्दै नगरपालिकाले यस बर्षको तिज कुनै जमघट नगरी घरमै बसेर मनाउन आग्रह गरेको हो ।
लालबन्दी नगरपालिकाकी उपप्रमुख शान्ती लामाले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजमा कुनै जमघट, भेला, पार्टि नगरि आफ्नै घरमा बसी सुरक्षित तरिकाले मनाउन नगरबासी महिला दिदी बहिनीहरुमा आग्रह गर्नुभएको छ । 
नेपाली महिलाहरूको महान पर्व हरितालिका तिजको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण महिला दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र सु(स्वास्थ्य दिर्घायुको कामना सहित बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) लाई मध्यनजर गर्दै सुरक्षित रहि तीजमनाउन हुन हार्दिक अनुरोध गर्दछु । साथै आफू पनि बचौ र समाजलाई पनि बचाउ हरितालिका तिजको सम्पुर्णमा शुभकामना उप प्रमुख लामाले आफ्नो सन्देशमा उल्लेख गर्नु भएको छ ।
नेपाली महिला दिदीवहिनीहरुले विशेष महत्वका साथ मनाउने हरितालिका तीज पर्वले आपसी सदभाव, सामाजिक मूल्य मान्यता, सांस्कृतिक पहिचानको संरक्षण, संवैधानिक अधिकारहरुको सुनिश्चितता र पारिवारिक सम्वन्ध सुमधुर गर्नमा अहम् भुमिका निर्वाह गरोस् भन्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech